काँकरभिट्टा खानेपानीद्वारा २ लाख सहयोग

  प्रकाशित मिति
२५ चैत्र २०७६, मंगलवार १८:१७


धमाधम राहत जुट्दै

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले मेचीनगर विपद् व्यवस्थापन समिति र आफ्ना उपभोक्तालाई दुई लाख सहयोग गरेको छ ।

संस्थाले मङ्गलबार नगरपालिकाको कोषमा नगद १ लाख तथा आफ्नो क्षेत्रमा पर्ने ५ वटा वडाका लागि उपभोक्तालाई १ लाख रुपैयाँ गरी दुई लाख सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष हर्कबहादुर फियाक, कोषाध्यक्षक दिलीप सुवेदीले १ लाख रकमको चेक नगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई संयुक्तरुपमा हस्तानतरण गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

पाँच वटा वडाका आफ्ना सदस्यहरुलाई १ लाख रुपैयाँ बुधबार बाड्ने तयारी गरिएको अध्यक्ष फियाकले जानकारी दिए ।

अध्यक्ष फियाकका अनुसार संस्थाले वडा नम्बर ३ मा ८५ जना आफ्ना सदस्य रहेको भन्दैं नगद ५ हजार, ५ मा ६ सय ४ जना सदस्यलाई नगद १० हजार, ६ मा ३ हजार ३ सय ८४ सदस्यलाई ५५ हजार, ७ मा १ हजार १ सय ६३ सदस्यलाई भन्दैं १५ हजार तथा वडा नम्बर ८ मा ६ सय २२ जना सदस्यका लागि १५ हजार रुपैयाँ घोषणा गरेको छ ।

मेचीनगर विपद् व्यवस्थापन समितिमा राहतका लागि रकम जम्मा गर्ने सहयोगी संघसंस्थाहरु धमाधम बढिरहेका छन् ।
नगरपालिकाको विपद् जोखिम न्युनिकरण तथा व्यवस्था ऐन, २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित समितिमा हालसम्म ६ लाख ३३ हजार रुपैयाँ जम्मा भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) बाट बच्न गरिएको लकडाउनमा विपन्नले खाद्यान्नको अभावमा भोकभोकै बस्न नपरोस् भन्ने ध्येयले विभिन्न संघ संस्थाहरुले समितिमा रकम जम्मा गर्न थालेका हुन् ।

मेचीनगर नगर स्तरीय विपद् व्यवस्थापन कोषमा यसअघि मेची उद्योग बाणिज्य संघले नगद २ लाख १ हजार, स्थानीय व्यवसायी तथा संघका उद्योग उपाध्यक्ष कपिल क्षेत्रीले आफ्नो व्यक्तिगतरुपमा कोषमा २१ हजार, बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था र सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिडेटले ५०÷५० हजार, भानु वहुमुखी सहकारी संस्था लि. मेचीनगर—१० ले ५० हजार, मेचीनगर वचत तथा ऋण सहकारी संस्था लि. मेचीनगर—९ ले ५१ हजार र निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेचीनगरले ५० हजार तथा हिमालय अंग्रेजी एकाडेमी तथा हिमालयन मल्टिपल कलेज धुलावारीले नगद ३० हजार रुपैयाँ प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: