काँकरभिट्टा गोल्डकपको उपाधी विर्तामोड युनाइटेडको कब्जामा

  प्रकाशित मिति
२६ पुष २०७२, आईतवार ०६:२२


????????????????????????????????????

काँकरभिट्टा । झापाको काँकरभिट्टामा जारी प्रथम अन्तराष्ट्रिय काँकरभिट्टा गोल्डकप आमन्त्रण नकाआउट फुटबल प्रतियोगिताको उपाधी बिर्तामोड युनाइटेडको कब्जामा परेको छ ।

शनिबार हजारौँ दर्शकले भरिपूर्ण काँकरभिट्टा उच्च माविको खेल मैदानमा भएको फाइनल खेलमा फ्यान्स क्लब भुटानलाई १–० को झिनो गोल अन्तरले हराँउँदै विर्तामोडले उपाधी चुमेको हो । जीतसँगै विर्तामोडले नगद १ लाख १ हजार नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको छ । भुटानले नगद ५० हजारमा चित्त बुझाउनु परेको थियो ।

खेलको १४ औँ मिनेटमा बिर्तामोडका देबेन्द्र तामाङले गरेको गोल नै निर्णायक गोल भएको थियो । भुटानका विष्णु श्रेष्ठले फल गरेपछि विर्तामोडका गणेश खड्काले हानेको फ्रि–किकलाई हेड गर्दै तामाङले बललाई विपक्षीको जाली चुमाएका थिए । बारम्बार गोल गर्ने मौका पाएको पाहुना टोली भुटानले गोल फर्काउन नसक्दा उपाधी बिहिन हुनु परेको हो । पहिलो हाफमा बल विर्तामोडको कब्जामा धेरै समय रहेको थियो । दोस्रो हाफमा रणनीति परिवर्तन गरेको भुटानले सोचे भन्दा उत्कृष्ट खेल खेल्दै आफ्नो कब्जामा राख्न सफल भएको थियो ।

भुटानका पिटर र सेगुनले हानेको प्रहार बिपक्षीको पोलमा लागेर फव्रmदाँ भुटान स्तब्ध बनेको थियो । कप्तान दिनेश कार्कीले हानेको प्रहार गोल रक्षक दिनेश थापाले बचाए । भुटानले १ दर्जन जति कर्नर किकको अवसर समेत पाएको थियो । यता विर्तामोडका विशाल राई र कर्ण लिम्बूले पनि राम्रा अवसरहरू गुमाउँदा थप गोल गर्नबाट चुकेका थिए ।

प्रतियोगिताभरको उत्कृष्ट खेलाडी (म्यान अफ द टुनामेन्ट) विर्तामोडका विशाल राई घोषित भए उनलाई नगद ७ हजार र ट्रफि प्रदान गरिएको थियो । खेलको म्यान अफ द म्याच विर्तामोडका देवेन्द्र तामाङ, अत्याधिक गोलकर्ता भुटानका सेगुन र उदयमान खेलाडीका रूपमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका दिवस उराउ घोषित भएका थिए । उनीहरूलाई जनही २ हजार र ट्रफि प्रदान गरिएको थियो । विजेता तथा उपविजेता टिमहरूलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार बिष्ट, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, एन्फाका केन्द्रीय सदस्य पङकजविव्रmम नेम्बाङ, भेट्रान फुटबल क्लबका अध्यक्ष गङगालाल गुरूङ, जिल्ला फुटबल सङघका अध्यक्ष जलकुमार गुरूङ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रेम भण्डारी, मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा, अठोट नेपालका उपाध्यक्ष नरेन्द्रकुमार गुरुङ, क्यासिनो माजनका सजित तामाङ, राप्रपा नेपालका क्षेत्रीय अध्यक्ष कल्याण खड्का, समाजसेवी भद्रमाया बस्नेत, युवा सङघका केन्द्रीय सचिवालय सदस्य राजु कार्की, नाइटचेस क्लबका अध्यक्ष सुन्दर बस्नेतलगायतले पुरस्कार तथा ट्रफि प्रदान गरेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका सचिव लाक्पा तामाङले बताए ।

सेन्टरका अध्यक्ष मिन बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भगिरथ राईले गरेका थिए । पुस १८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपाल, भारत तथा भुटानका ८ टिमको सहभागिता रहेको थियो । कार्यक्रमको धन्यबाद दिँदै सेन्टरका अध्यक्ष मिन बस्नेतले यो खेललाई निरन्तर आयोजना गर्दै लैजाने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: