काँकरभिट्टा गोल्डकप पुस १६ देखि

  प्रकाशित मिति
२६ मंसिर २०७३, आईतवार ०९:१९


mechi-netralaya-saga-comittment-paper-exchange-gardai

काँकरभिट्टा । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा यही पुस १६ गतेदेखि ‘मेची नेत्रालय काँकरभिट्टा गोल्डकप’ प्रतियोेगिताको दोस्रो संस्करण हुने भएको छ ।
शनिवार काँकरभिट्टास्थित खानेपानीको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।

भुटानको एक र नेपालका ९ गरी १० वटा टिमको सहभागिता हुने प्रतियोगिताका विजेता टिमले ४ लाख १ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता टिमले २ लाख १ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मेची नेत्रालय काँकरभिट्टा मुख्य प्रयोजक रहेको प्रतियोगिताको सहप्रायोजकका रुपमा मेची बस व्यवसायी सङ्घ रहेको छ । नेत्रालयले ५ लाखसहित हरेक खेलका म्यान अफ द म्याच खेलाडीलाई जनही ५ हजारका दरले पुरस्कार दिने छ भने मेची बस व्यवसायी सङ्घले २ लाख रुपैयाँ प्रायोजन गरेको छ ।

प्रयोजकका तर्फबाट मेची नेत्रालयका कार्यालय प्रमुख विकास घिमिरे, सहप्रयोजकका तर्फबाट मेची बस व्यवसायी सङ्घका अध्यक्ष श्रीप्रसाद मैनाली तथा आयोजकका तर्फबाट आयोजकका अध्यक्ष मिनबहादुर बस्नेतले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गरिएको सम्झौतापत्र एक अर्कामा हस्तान्तरण गरिएको थियो ।

काँकरभिट्टा माविको खेल मैदानमा हुने प्रतियोगिताको फाइनल खेल २३ गते हुनेछ । प्रतियोगिताका लागि करिब ४४ लाख खर्च हुने आयोजक समितिका अध्यक्ष मिनबहादुर बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतका अनुसार प्रतियोगितामा आयोजक टिम, विभागीय टिम एपिएफ, झापा ११, रुपेन्देही ११, हिमालयन शेर्पा काठमाडाँै, सिमजी सङ्कटा, विआरसी क्लब भुटानको सहभागिता रहनेछ । यो प्रतियोगितामा अन्य क्षेत्रमा पनि खेल भएकाले आर्मी र नेपाल प्रहरी सहभागी हुने छैन । प्रतियोगिता सफल बनाउनका लागि डिल्लीराम घिमिरेको संयोजकत्वमा सहयोग समिति गठन गरिएको छ भने गङ्गालाल गुरुङको नेतृत्वमा सल्लाहकार समिति गठन गरिएको छ ।

आयोजकका अध्यक्ष मिनबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा प्रायोजक मेची नेत्रालयका कार्यालय प्रमुख विकास घिमिरे, सहप्रायोजक मेची बस व्यवसायी सङ्घका अध्यक्ष श्रीप्रसाद मैनाली, बरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले मामा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापा, विमल आचार्य, राजु कार्की, बालाजित राई, सुशील आचार्य, खेमराज पोखरेल, सुरेन्द्र बुढाथोकी, गङ्गालाल गुरुङ, ज्ञानेन्द्र घिमिरे, ललित तामाङ, सुन्दर बस्नेत, खगेन्द्र उप्रेतीलगायतको उपस्थिति रहेको थियो । घटना

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: