मेचीनगर, २० साउन । मेचीनगर नगरपालिका–६ मेचीडाँडा छेउमा अबैध रुपमा भारततर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद गरिएको छ ।
विहीबार दिउसो ४ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टबाट खटिएको प्रहरी टोलीले सो परिमाणको सुपारी बरामद गरेको हो ।
बरामद गरिएको सुपारी आवश्यक कारबारीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
भन्सार छलेर अवैधरुपमा भारत लान काँकरभिट्टाका विभिन्न गोदाममा ठुलो परिमाणमा सुपारी राखिएको हुन्छ । काँकरभिट्टा गोदामहरुबाट दैनिक लाखौँको सुपारीका बोराहरु मेची खोलाबाट भारत तस्करी भइरहेको छ ।
दिनहुँ लाखौँ रुपैयाँको सुपारी अवैधरुपमा भन्सार छलेर भारत तस्करी भइरहदा समेत प्रहरी प्रशासन रमिते बन्ने गरेको स्थानीयको भनाई छ ।
गोदामबाट बोराका बोरा सुपारी भारतीय भरियाहरुले मेची खोलाबाट तस्करी गरिरहदा समेत नजिकै रहेका जनपद र सशस्त्र प्रहरीहरु नदेखे जस्तो गर्ने गरेको स्थानीयको आरोप छ ।