काँकरभिट्टा नाकाबाट ३०० जना भारत छिरे(फोटो फिचर)

  प्रकाशित मिति
१९ जेष्ठ २०७७, सोमबार ११:४७


।। अर्जुन कार्की ।।

मेचीनगर । नेपालका विभिन्न जिल्लादेखि भारत जान आएका करिव ३०० जना मानिसलाई सोमबार विहान काँकरभिट्टा नाकाबाट भारत पठाइएको छ ।

आइतबार साँझ र सोमबार विहान काँकरभिट्टा आइपुगेका उक्त संख्याका नेपाली तथा भारतीय नागरिकहरुलाई मेचीपुल हुँदै भारत पठाइएको हो ।

काँकरभिट्टामा अलपत्र परेर बसेका उनीहरुलाई नेपाल प्रहरीले भारतीय प्रहरीसँगको सहकार्यमा आसाम, मणिपुर र सिक्किमका नागरिकहरुलाई मात्र भारत छिर्न दिएको बताईएको छ ।

भारतको पश्चिम बंगाल र विहारका नागरिकहरुलाई भने भारतीय प्रहरीले मेची पुलबाट छिर्न नदिएको एक स्थानीयको भनाई छ ।

यता आइतबार भारतबाट आएका करिव १०० जना नेपाली नागरिकहरुलाई मेची पुलबाट उद्दार गरी काँकरभिट्टा माविको होल्डिङ प्वाइन्ट र आदर्श मावि इटाभ्टटाको क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: