काँकरभिट्टा नाकामा आगमन व्यवस्थित गर्न उच्च स्तरीय समिति

  प्रकाशित मिति
२२ जेष्ठ २०७७, बिहीबार १७:५५


मेचीनगर, २२ जेठ । सरकारले काँकरभिट्टा नाकाबाट प्रवेश गर्ने नेपालीहरुलाई अब व्यवस्थित रुपमा उद्धार गर्ने भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समिति झापाको विहीवार बसेको बैठकले उद्धारका लागि अध्यागमन कार्यालयका प्रमुख जनक कोइरालाको संयोजकत्वमा नेपाली नागरिक स्वदेश आगमन सहजिकरण समिति गठन गरेको हो ।

समितिले नेपाल आउनेहरुको अभिलेख, उद्धार र चेकजाँचमा प्रत्यक्ष सहयोग गर्नेछ ।

हाल भारतबाट आउने नेपालीहरुलाई राति राति मेची पुलमुनिबाट नेपाल प्रवेश गराइँदैछ ।

अबदेखि उद्धार गरिएकाहरुको अनिवार्य आरडीटी परीक्षण गरिने र पोजेटिभ देखिएमा आइसोलेसनमा राखिने भएको छ ।

सहजिकरण समितिमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको समेत प्रतिनिधि छन् ।

समितिको सदस्यमा नेपाली सेनाका सहायक सेनानी बिजय काफ्ले, सशस्त्र प्रहरी निरीक्षक दिब्यराज कोइराला, सहायक प्रहरी निरीक्षक

दुर्गा खनाल, व्याब असिस्टेन्ट रोशना खातुन र वडाध्यक्ष ललित तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: