काँकरभिट्टा नाका खुलाउन माग गर्दै एक हजारबढीको हस्ताक्षर

  प्रकाशित मिति
२८ मंसिर २०७७, आईतवार १८:०९


मेचीनगर, २८ मंसिर । लामो समयदेखि बन्द रहेको सीमा नाका खुलाउन दवाव दिने उद्देश्यले काँकरभिट्टामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

बन्द नाका खुलाउन दवाव दिने उद्देश्यले होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाको अगुवाइमा काँकरभिट्टा बसपार्कमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कायक्रममा एक हजार भन्दाबढी होटल, पर्यटन, मजदुर, उद्योगी–व्यापारी लगायत स्थानीय व्यक्तिहरुले हस्ताक्षर गरेको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)ले बताए ।

१ हजार जना भन्दाबढीको हस्ताक्षर रहेको ज्ञापनपत्र संघीय सरकारमा पुग्ने गरि झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सदस्य राम कार्कीलाई सोमबार विहान मेचीनगर–९ स्थित उहाँकै घरमा पुगेर बुझाउने योजना रहेको ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की (नेत्र)ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: