मेचीनगर । पूर्वी सीमा नाका काँकरभिट्टामा भारतबाट नेपाल आउनेको संख्या भन्दा पनि जाने मानिसको घुइँचो बढ्न थालेको छ ।
नेपालका विभिन्न जिल्लाबाट भारतीय नागरिकहरुलाई गाडीका गाडी ल्याएर काँकरभिट्टा बसपार्कमा छोड्ने गरिएको छ ।
(यो पनि हेर्नुहोस् फोटो फिचर )
बसपार्कमा थुप्रिरिएका भारतीय नागरिकहरुमा अधिकांश बालबालिका, महिला तथा वृद्ववृद्वा पुरुषहरुको ताँति देख्न सकिन्छ ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलका अनुसार नेपाल आउने भन्दा पनि भारत जानेको संख्या बढी छ ।
भारत जानका लागि दैनिक २ हजार भन्दाबढी भारतीय नागरिक पश्चिमबाट आउने गरेको उनले बताए ।
यता एक हप्तामा भारतबाट नेपाल आउने नागरिकहरुको संख्या ४ हजार रहेको उनको भनाई छ ।
भारत जानेहरुलाई मेचीपुल पारी भारतीय प्रहरीले कोरोना भाइरसको चेकजाँच गराएर छोड्ने गरेको छ ।
यता नेपाल आउनेलाई काँकरभिट्टा माविको होल्डिङ प्वाइन्टमा राखिन्छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय झापाले सम्बन्धीत जिल्लाको क्वारेन्टाइनमा बस्ने सिफारिस पत्र थमाएपछि गाडीमा पठाइने गरेको छ ।
यो एकहप्ताको अवधिमा भारतबाट नेपाल आउनेको संख्या ५ हजार छ भने यताबाट भारत जानेको संख्या करिव १५ हजार पुगिसकेको स्थानीयको अनुमान छ ।
।। अर्जुन कार्की ।।