काँकरभिट्टा भ्यूटावर : निर्माण व्यवसायीलाई ६५ लाख नियम बिपरीत पेश्की

  प्रकाशित मिति
५ श्रावण २०७९, बिहीबार १२:११


फोटो : अर्जुन कार्की / लोकतन्त्र

काँकरभिट्टा, ५ साउन । मेचीनगर नगरपालिकाले काँकरभिट्टामा भ्यूटावर बनाउन निर्माण व्यवसायीलाई नियम बिपरीत ६५ लाख ९८ हजार रुपैयाँ पेश्की दिएको पाइएको छ ।

भ्यूटावर बनाउन नगरपालिकाले ६ करोड ४५ लाख २६ हजार रुपैयाँको लागत इस्टिमेट तयार गरी एक निर्माण व्यवसायीसँग ३ करोड ७९ लाख ८६ हजार रुपैयाँको सम्झौता गरेको महालेखा परीक्षकको प्रतिवेदन २०७९ मा उल्लेख छ ।

हाल अलपत्र अवस्थामा रहेको भ्यूटावर परियोजना अघि बढाउने कि नबढाउने भनेर नगरपालिका नै दोधारमा रहेको छ । तर निर्माण व्यवसायीले लगेको पेश्की नियमसंगत नदेखिएको प्रतिवेदनले प्रष्ट भनेको छ ।

आगामी दिनमा संघीय सरकारबाट रकम आएमा बहुवर्षीय आयोजनाका रुपमा सञ्चालन हुने शर्त राखी निर्माण व्यवसायीसँग सम्झौता गरेको हुँदा बजेटको सुनिश्चितता नभएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: