काँकरभिट्टा माविको विद्यालय भर्ना अभियान सुरु

  प्रकाशित मिति
२४ बैशाख २०७५, सोमबार १४:२३



मेचीनगर । ‘हामी सवैको इच्छा अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मुख्य नारासहित बैशाख १ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान शुरु भएको छ । अभियानमा प्रधानमन्त्री, मन्त्री, सांसदसहित स्थानीय तहका जनप्रतिनिधिहरु समेत सक्रिय भएर लागेका छन् ।

यसै क्रममा पढ्न उमेर भएका सबै बालबालिकालाई विद्यालय पुर्याउने उद्देश्यका सोमबार काँकरभिट्टा माध्यमिक विद्यालयले वृहद र्याली आयोजना गर्यो ।

विद्यालय परिसरबाट विभिन्न चेतनामुलक नारा लेखिएका प्लेकार्ड र व्यानरसहित संयौको संख्यामा विद्यार्थी, शिक्षक अभिभावकसहित निस्केको र्यालीले काँकरभिट्टा बजारको मुख्यः भाग हुँदै नगरका विभिन्न टोल टोलमा पुगेर अभिभावकहरुलाई आफ्ना नानीहरु विद्यालय पठाउन आग्रह गरिएको थियो ।

आफ्ना छोराछोरीलाई पढाउन अभिभावकलाई विद्यालयका प्रधानध्यापक तुलसीप्रसाद निरौलाले आग्रह गरेका थिए । विद्यालयमा नगरका धेरै शिक्षासेवीहरुले आर्थिक अभावकै कारण पढनबाट बञ्चित स्थानीय बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएको प्रधानध्यापक निरौलाकोे भनाई छ । अभियान शुरु भएता विद्यालयमा डेढसय भन्दा बढी विद्यार्थी भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: