काँकरभिट्टा रोटरीको ‘क्लब एश्याम्ली’

  प्रकाशित मिति
६ असार २०७७, शनिबार २३:०३


मेचीनगर । रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान सन् २०२०÷२०२१ का अष्सिटेण्ड गर्भनर नवीन श्रेष्ठले रोटरी भनेको समाजप्रतिको उत्तरदायित्व वहन गराउने नाफारहित सामाजिक संस्था भएको बताएका छन् ।
उनले आफ्नो लागि मात्र नभएर समाजका लागि पनि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच र निःस्वार्थ भावनाले समाजमा केही गरौं भन्ने विभिन्न क्षेत्रमा सक्रिय उद्योगी व्यवसायीहरु तथा विभिन्न पेशामा रहेका मानिसहरु मात्र रोटरीमा अटाउने विचार राखे ।

रोटरी हालै सम्पन्न अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२०÷२०२१ ‘क्लब एश्याम्ली’ मा बोल्दै एजी श्रेष्ठले रोटरीले हरेक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै अब आफ्नो लागिमात्र नभई समाजका लागि पनि केही गर्नुपर्छ भन्ने हरेकको सोच हुनुपर्ने धारणा राखे ।

कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा रोटरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै एजी श्रेष्ठले सामाजिक, शैक्षिक, खेलकुद तथा स्वास्थ्य शिक्षालगायत हरेक सामाजिक सेवामा रोटरीले आफ्नो उपस्थितीसहित विभिन्न रचनात्मक एवम् सकरात्मक काम गरेकोमा सवै रोटरी क्लबप्रति धन्यवाद व्यक्त गरे ।

मेचीनगर–६ काँकरभिट्टा स्थित अरुणोदय आवसीय माध्यमिक विद्यालयको सभाहलमा रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०१९÷२०२० अध्यक्ष मोहन निरौलाको सभापतित्वमा भएको ‘क्लब एश्याम्ली’ मा २०१९÷२०२० का अष्सिटेण्ड गर्भनर कुमार गिरीले यो अन्तर्राष्ट्रिय संस्था भए पनि यसको सदस्य बन्न कुनै दल, लिङ्ग, धर्म, वर्ग, संस्कृति कला जातले नछेक्ने बताउँदै सहयोगी भावनाका साथ स्वार्थ त्यागेर यो समाजका लागि केही गरौँ भन्ने पेशा वा व्यवसायमा आवद्घ व्यक्ति नै यसको सदस्य हुने बताए ।

रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२०÷२०२१ का क्लव एडमिनिट्रेशन राजु मर्हजन, पव्लिक ईमेज कमल थापा, मेम्वर सीप कृष्णराज पौडेल, टिआरएफ डाक्टर आनन्दराज खनाल, सर्भिस प्रोजेक्ट ईञ्जिनियर रुद्र मैनाली र कोषाध्यक्ष युवराज भट्टराईले आफ्नो कार्यकालमा गरिने भावी योजना सहितको अलग अलग वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सन् २०२०÷२०२१ का अध्यक्ष कृष्णकान्त खनियाले आफ्नो कार्यकालमा गरिने काम र आफ्नो नेतृत्वको पदाधिकारीहरूको नामावली सार्वजनिक गरेका थिए भने सन् २०१९÷२०२० अध्यक्ष मोहन निरौलाले आफ्नो कार्यकाल सफल बनाउन सहयोगी भूमिका निर्वाह गर्नुहुने सवैमा धनयवाद र हार्दिक आभार प्रकट गरे ।

सन् २०२०÷२०२१ का प्रेसिडेण्ट इलेक्ट रोहितकुमार बुढाथोकीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सेक्रेटरी उदयकुमार श्रेष्ठ र सहभागी सवैलाई सन् २०२०÷२०२१ का प्रेसिडेण्ट नोमिनि सुजन प्रधानले धन्यवाद ज्ञापन गरे ।

यसैगरी रोटरी क्लब अफ काँकरभिट्टाको मिडिया संयोजकका रुपमा पत्रकार लक्ष्मी उप्रेतीलाई चयन गरिएको छ । क्लबका पव्लिक ईमेज थापाले पत्रकार उप्रेतीको नाम घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: