काँकरभिट्टा लगातार उत्कृष्ट केन्द्र

  प्रकाशित मिति
२५ भाद्र २०७४, आईतवार ०९:३४


kkv
इटाभट्टा । राम्रो काम गरेपछि पुरस्कार तथा सम्मान पाउन पालो पर्खनु पर्दैन भन्ने कुराको ज्वलन्त उदाहरण काँकरभिट्टा स्रोत केन्द्रले प्रस्तुत गरेको छ ।

जिल्ला शिक्षा कार्यालय झापामा सञ्चालित १७ वटा स्रोत केन्द्र मध्ये कार्यसम्पादनका आधारमा यो वर्ष पनि जिल्लाको उत्कृष्ट स्रोत केन्द्रका रुपमा काँकरभिट्टा स्रोत केन्द्र पर्न सफल भएको छ ।
यो सहित काँकरभिट्टा स्रोत केन्द्र पुरस्कृत भएको ५ औँ पटक हो । २०६९, २०७०, २०७१, २०७२ र यो वर्ष सम्मान हुन सफल भएको हो ।

३८ औँ राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर शुक्रवार धुलावारीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा आयोजित एक समारोहकाबीच सो स्रोत केन्द्रलाई सम्मान गरेको हो ।

शिक्षा कार्यालयले दिएको निर्देशन अनुसार समयमा हरेक काम सम्पन्न गरेर स्रोत केन्द्रभरिका विद्यालयलाई परिचालन गर्नु नै यस स्रोत केन्द्रको सफलता हो ।

स्रोत केन्द्रभित्र रहेको आदर्श मावि र बाल सुबोधिनी आधारभूत विद्यालय जिल्लाको नमुना विद्यालय हुन् । धुलावारी मावि राष्ट्रिय स्तरमा नमूना विद्यालयमा छनोट भएको छ । बाल कल्याण माविमा रहेको बालकल्याण बाल क्लब यस भन्दा अघि नै जिल्लामा उत्कृष्टताका पुरस्कार पाउन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: