काँकरभिट्टा सामुदायिक सेवाको साधारणसभा

  प्रकाशित मिति
२६ असार २०७३, आईतवार १७:३०


काँकरभिट्टा । सांसद् रविन कोइरालाले स्थानीय स्तरमा उत्पन्न सामाजिक समस्याको न्यायिक समाधानमा समुदायले नै अग्रसरता लिनुपर्नेमा जोड दिएका छन् ।

मेची सामुदायिक सेवा केन्द्रको आइतबार तेस्रो साधारण सभा उद्घाटन गर्दै प्रमुख अतिथि कोइरालाले सो कुरामा जोड दिएका हुन् ।
उक्त केन्द्रका संस्थापक अध्यक्ष समेत रहेका सांसद् कोइरालाले घर,परिवार र समुदायका सामान्य घटनाको निष्पक्ष छिनोफानो गर्न सामुदायिक सेवा केन्द्रको महत्वपूर्ण भूमिका रहने दावी गरे ।

उनले राजनीतिक स्वार्थ भन्दा माथि उठेर जनतालाई न्यायको प्रत्यक्ष अनुभूति गराउन सेवा केन्द्रलाई नागरिक मैत्री साझ संस्थाको रुपमा विकास गर्न सुझाव समेत दिएका छन् ।

कार्यक्रमका विशेष अतिथि झापा प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले समाजमा ब्याप्त आपराधिक गतिविधि न्यूनिकरण गरी शान्ति सु ब्यवस्था कायम गर्न प्रहरी तथा नागरिकबीच सहकार्यको खाँचो औंल्याएका थिए ।

त्यस्तै सभाको उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डे,विराट क्षेत्र पर्यटन विकास समितिकी सदस्य मिना उप्रेती,अन्र्तपार्टी महिला सञ्जाल झापाकी अध्यक्ष माया गुरुङ,नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजु आचार्य,नेकपा एमालेका क्षेत्रीय अध्यक्ष अर्जुन पौडेल,राप्रपा नेपालका क्षेत्रीय अध्यक्ष रमेश दाहाल,नेपाली काँग्रेसका मेचीनगर सभापति इन्द्र बुढाथोकी,संघीय समाजवादी फोरमका नेता नारायण गुरुङलगायतले लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

साधारण सभाको खुल्ला सत्रमा केन्द्रका अध्यक्ष डिल्लीराम घिमिरेले संस्थाको वार्षिक गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
केन्द्रका अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा स्वागत भाषण उपाध्यक्ष विना तामाङ र सञ्चालन कोषाध्यक्ष ज्ञानेन्द्र घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: