।। अर्जुन कार्की ।।
मेचीनगर । काँकरभिट्टा माविको भवन (होल्डिङ् सेन्टर) मा राखिएका ३० जना नेपाली नागरिकलाई विहीबार साँझ दमककोे क्वारेन्टाइनमा पठाइएको छ ।
होल्डिङ् सेन्टरमा बुधबार साँझ आइपुगेका उनीहरुलाई आज दिउँसो ५ वजे दमक स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको क्वारेन्टाइनमा राख्न पठाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले बताए ।
भारतको सीमा नाकाबाट बुधबार साँझ आइपुगेका ३० जना नेपाली नागरिकलाई काँकरभिट्टा माविको भवन (होल्डिङ् सेन्टर) मा राखिएको थियो ।
बुधबार साँझ लुकिछिपि सिलीगुडीदेखि मेची पुलमा आइपुगेका उनीहरुलाई काँकरभिट्टा माविको होल्डिङ् सेन्टरमा राखिएको थियो ।
दमकको क्वारेन्टाइनमा राखेर स्वाब परिक्षण पछिमात्र उनीहरुलाई सम्बन्धीत ठाउँमा पठाइने मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए ।
काँकरभिट्टाको होल्डिङ् सेन्टरमा प्रदेश नम्बर ७ का २५ जना, हेटौडा, सुनसरी लगायत जिल्लाका ५ गरी कुल ३० जना छन् ।
सिलीगुडी स्थित मतिगडाको र्आज ट्रेड मार्क र अन्य कम्पनीमा कार्यरत उनीहरु यसअघि कम्पनी कै कार्यालयमा थुनिएर बसेका थिए ।
बुधबार मतिगडादेखि काँकरभिट्टा स्थित मेची पुलसम्म साँझ हिडेर आइपुगेको उनीहरुले बताएका छन् ।
साँझ आइपुगेका उनीहरुलाई सशस्त्र प्रहरीको गुल्म काँकरभिट्टाको टोलीले कडा सुरक्षा दिएर राखेको थियो ।
भारतमा ज्वरो चेक गरेको उनीहरुले बताए पनि यहाँ भने खाना खुवाएर राखिएको थियो ।