काँग्रेसको र्याली चन्द्रगढी नजाने, बिर्तामोडमा नै आमसभा

  प्रकाशित मिति
२६ मंसिर २०७७, शुक्रबार १८:३२


झापा, २६ मंसिर । नेपाली कांग्रेस झापाले यहि मंसिर २९ गते गर्ने भनिएको मोटरसाइकल र्यालीको रुट परिवर्तन गरेको छ ।

कांग्रेस झापाको आज बसेको बैठकले सुरुङ्गादेखि बिर्तामोडसम्म मात्र मोटरसाइकल र्यालीसहितको आमसभा गर्ने निर्णय गरेको छ ।

यसअघि सुरुङ्गादेखि बिर्तामोड हुँदै झापाको सदरमुकाम चन्द्रगढीसम्म मोटरसाइकल र्याली गरेर त्यहिँ आमसभा समापन गर्ने निर्णय गरेको थियो ।

सुरुङ्गादेखि बिर्तामोडसम्मको मोटरसाइकल र्याली बिर्तामोड स्थित सुगम पेट्रोलपम्प छेउको खालि मैदानमा आमसभा गरेर समापन गरिने कांग्रेस झापाका प्रवक्ता लोकराज ढकालले जानकारी दिए ।

सोमबार बिर्तामोडमा हुने बृहत मोटरसाइकल र्यालीसहितको आमसभामा कांग्रेसका सहमहामन्त्री डा.रामशरण महतको प्रमुख आतिथ्यता रहने उनले बताए ।

केन्द्रीय निर्देशन अनुरुप देशभरका ७७ वटै जिल्लामा गरिने प्रदर्शन अन्तरगत झापाको सदरमुकाम चन्द्रगढीमा गरिने योजना थियो । तर, झापाको कांग्रेस पार्टीले सुरक्षा लगायतको कारण देखाएर रुट परिवर्तन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: