काँग्रेसको संगठन बिस्तार र राष्ट्रिय राजनीतिमा सिटौलाको योगदान

  प्रकाशित मिति
१७ आश्विन २०७८, आईतवार १८:०३


।। कृष्ण हुमागाँई ।।

जहानिया राणा शासन र पञ्चायती निरंकुशताका बिरुद्ध नेपाली काँग्रेसका अग्रज, स्वतन्त्रता सेनानीहरुले निर्वाह गर्नुभएको गौरवमय इतिहास हाम्रा सामू उपस्थित नै छ । बिशेषतः २०४६ सालको राजनैतिक परिर्वतन पश्चात नेपाली काँग्रेसले संसदीय राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी (माले) पछि एमालेसँग प्रतिष्पर्धा गर्नुपर्ने अवश्था आयो । सत्य, निष्ठापूर्वक राजनीति गर्ने नेपालस काँग्रेसको बिगतदेदिकै परम्परा, शैली कार्यनीति हो । कम्युनिष्टहरुले झुठको पुलिन्दा बाँडेर न्यून चेतनस्तर भएका गरीब निमुखा जनतालाई भ्रम र भ्रान्तिको गोल चककरमा अल्मल्याइरहेको अवस्थामा नेपाली काँग्रेसले यथार्यको धरातलबाटै जनतालाई साँचो कुरा बुझाएर जनमत सिर्जना गर्नु कम चुनौतिपूर्ण थिएन ।

बिसं. २०३६ सालमा पञ्चायती व्यवस्था फाल्न नेपाली काँग्रेसको तर्फबाट बहुदलको प्रचार प्रसारमा सक्रियतापूर्व लाग्नुभएका सिटौला पञ्चयतकालमा काँग्रेस पार्टीमाथि प्रतिबन्धित लागेको अवस्थामा नेपाली प्रतिबन्धित नेपाली काँग्रेस झापाको उपसभापति हुनुहुन्थ्यो । २०४६ सालमा नेपाली काँग्रेसको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंहको कमाण्डमा बाममोर्चा समेत सामेत भएको संयुक्त जन आन्दोलनका क्रममा तत्कालिन झापा काँग्रेस सभापति रामबाबु प्रसाई, बाममोर्चा नेता द्रोण आचार्य लगायतका नेताहरु गिरफ्तार भएपछि भूमिगत शैलीमा जनताको सुरक्षा घेराभित्र झापाका गाउँ गाउँमा सेल्टर लिएर पञ्चायती निरंकुशता बिरुद्धको आन्दोलनको नेतृत्व गर्नुभएको थियो । सिटौलालाई खोज्न पञ्चयती सत्ताका मतियार मण्डलेहरु र तत्कालिन सत्ताले पालेका जासूसहरुले अनेक प्रयत्न गरेपनि सफल भएका थिएनन् । नेता थुनेपछि अन्दोलन उठदैन, तुहिन्छ भनने पञ्चायती सत्ताको चालबाजीलाई असफल बनाउँदै युवा, बिद्यार्थी, मजदूर, किसान, बुद्धिजीवी, उद्योगी ब्यवसायी र आम जनसमुदायमा आन्दोलनको लहर ल्याउन सिटौला सफल हुनुभयो । यसै क्रममा सिटौलाकै निर्देशनमा पञ्चायती सत्ताको बिरुद्ध मेची क्याम्पसमा प्रदर्शन हुँदा नेबिसंघका बिद्यार्थी राम थापाको २०४६ चैत १४ गते मण्डलेहरुले छुरा प्रहार गरेर हत्या गरेका थिए । राम थापाको हत्यापछि देशभर आन्दोलनको तीब्र लहर आएको थियो ।

झापाको संगठन निर्माणमा सिटौला

यसै क्रममा २०४६ सालको जनआन्दोलनको सफलतासँगै २०४८ सालको आम निर्वाचनमा तत्कालिन मेची अञ्चलका १० वटै सिटमा काँग्रेसले पराजय भोग्नु प¥यो । तर २०४९ मा भएको गाविसहरुको चुनावमा भने नेपाली काँग्रेसले झापामा राम्रो जित हासिल गर्न सफल भएको थियो । २०४८ सालमा भएको आठौ महाधिवेशनबाट झापाको सभापतिमा चुनिनु भएपछि झापामा काँग्रेसको संगठनलाई खुल्लारुपमा जनताकाबीचमा पु¥याउने कार्यलाई कृष्णप्रसाद सिटौलालले तिब्रता दिनुभयो । आठौं महाधिवेशन झापाको कलवलगुडीमा भएको थियो । २०४८ सालपछि नै खुल्लारुपमा काँग्रेसको चारतारे झण्डालाई जनताका झुपडीमा फहराउने कार्यलाई गाउँ गाउँमा पु¥याइयो । २०४८ सालको निर्वाचनमा शुन्यको अवस्थामा रहेको नेपाली काँग्रेसले २०५१ सालको मध्यावधि निर्वाचनमार्फत कृष्णप्रसाद सिटौलाले ने कम्युनिष्टहरुको लालकिल्लालाई सर्वप्रथम तोड्न सफल हुनुभएको थियो । त्यसपछि २०५६ सालमा भएको संसदीय निर्वाचनमा झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये नेपाली काँग्रेसले ४ वटामा सानदार जीत हासिल गर्न सफल भयो । यतिवेला नेपाली काँग्रेस झापाको नेतृत्तव कृष्णप्रसाद सिटौलाले नै गर्नुभएको थियो ।

झापको क्षेत्र नं. ५ र २ बाट उम्मेद्वार बनेका केपी ओलीले २०५७ को उपचुनावमा आफ्नो बलियो जनाधार भएको क्षेत्र नै ५ बाट राजीनामा दिएपछि भएको उपचुनाव समेत नेपाली काँग्रेसले जितेपछि झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये ४ वटामा काँँग्रेसले जित हासिल गरिसकेको थियो । २०५६ मा झापा क्षेत्र नं. १ बाट नरेन्द्रबिक्रम नेम्बाङ्ग, ३ बाट कृष्णप्रसाद सिटौला, ४ बाट चक्रप्रसाद बाँस्तोला र क्षेत्र नं. ५ को उपचुनावबाट डा. गोपाल कोइराला निर्वाचित हुनुभएको थियो । क्षेत्र नं. २ मा पनि २०५६ को चुनावमा नेपाली काँग्रेसका उम्मेद्वार गिरिराजकुमारी प्रसाई एमालेका केपी ओलीसँग मात्र १७ मतको झिनो अन्तरले प्राविधिकरुपमा पारजित हुनु परेको थियो । समग्रमा भन्नुपर्दा २०४८ मा देखिएको कम्युनिष्टको लालकिल्ला ७ । ८ वर्षको अन्तरमा नेपाली काँग्रेसको किल्ला बनिसकेको थियो । २०६० सालमा हुने निर्वाचनमा काँग्रेसले भ्mापाका सबै र मेचीका ११ वट निर्वाचन क्षेत्रमध्ये १० वटामा जित हासिल गर्नसक्ने अवस्था बनिसकेको थियो । तर दूर्भाग्य बीचैमा नेपाली काँग्रेस पार्टी फुटेर दुइवट भएपछि कार्यकर्तामा निरासा छायो, तत्कालिन राजा ज्ञानेन्द्रको उदयपछि निरंकुश शासनसत्ता लादियो, माओवादी बिद्रोह, शान्ति प्रक्रियाका कारण देशको राजनैतिक कोर्ष नै बदलिन पुगेको यहाँहरु सबैमा बिदितै छ ।

सिटौलाकै कार्यकालमा बिर्तामोडमा दुइतले भब्य पार्टी कार्यालय भवन निर्माण सम्पन्न भएको छ । अहिले त्यही भवनबाट पार्टीका साँगठानिक गतिविधिहरु सञ्चालन हुँदै आएका छन् । कम्युनिष्ट र अरुतिर छरिएर रहेको जनमतलाई प्रजातान्त्रिक राजनीतिको यर्थाथ वास्तविकतालाई बुझाउँदै पार्टी आवद्ध गराएर संगठन बिस्तारमा कृष्णप्रसाद सिटौलाले देखाउनुभएको सक्रियताले नै पार्टीको अहिलेको अवस्थाको जग बनेको हो भन्दा अत्यक्ति हुँदैन । पार्टी संगठनलाई निरन्तर समय दिइरहने, कार्यकर्तालाई परिचालन गरिरहने, सामाजिक, शैक्षिक, ब्यवसायिक क्षेत्रमा आवद्ध जनसमुदायसँगको निरन्तरको सम्पर्क, सम्बन्ध र समन्वयबाट संगठन बिस्तारर गरिरहने सिटौलाको कार्यशैली काँग्रेसको वर्तमान र भावी नेतृत्वले अनुसरण गर्नु संगठनको हितमा हुनेछ ।

आपत पर्दा सिटौलाको खोजी

पार्टी संगठन बिस्तारमा मात्र होइन,पार्टी र देशलाई आपत पर्दा नेता सिटौलाको खोजी हुनेगर्छ । माओवादीलाई शान्तिवार्ता मार्फत राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनेदेखि लिएर तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी राजदरबारबाट बिदा गर्न सूचना दिन जानेसममको काममा सिटौलाले नै अगुवाई गर्नुभयो । सरकार माओवादी वार्ताका क्रममा सरकारी वार्ता टोलीको संयोजकको रुपमा नेपाली काँग्रेसमा सभापति गिरिजाप्रसाद कोइरालाको सारथी भएर सिटौलाले कुशलतापूर्वक शान्तिवर्ता सफल पार्नुभएको शान्तिवादी नेपालीले कहिल्यै भुल्ने छैनन् । बिशेषतः बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रलाई आफ्नो राजनैतिक आदर्श मान्दै आएको काँग्रेसलाई गणतन्त्रको बाटोमा हिडाउन गिरिजाबाबुलाई कन्भिन्स (सहमत) गरउनसक्ने सिटौलाको शालिन चातुर्यताले देशको राजनीतिमा अभूतपूर्व परिवर्तन ल्यउन सफलता मिलेको यर्थाथ कसैबाट छिपेको छैन ।

पहिलो संविधानसभा चुनावमा नेपाली काँग्रेस दोसो स्थानमा सीमित हुनुपरेका कारण संविधान निर्माण हुन सकेन । चार चार जना कम्युनिष्ट प्रधानमन्त्री भएपनि देशले संविधान पाउन सकेन । कम्युनिष्ट प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई, झलनाथ खनाल, माधव नेपालले समेत संविधान निर्माण गर्न नसकेपछि दोस्रो संविधानसभा चुनावपछि नेपाली काँग्रेसका सभापति शुसिल कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद सिटौला संविधान मस्यौदा समितिको सभापति भएर देशलाई लोकतान्त्रि संविधना दिएको गौरवमया उपलब्धिमा हामीले गर्व गर्न र रमाउन पाएका छौं । पार्टीको आन्तरिक जीवनका समस्या र जटिलताहरुको समाधान तथा अन्य पार्टीहरुसँगको वार्ता, छलफलहरुमा समेत सिटौलाको खोजी हुन्छ । सिटौलाले राष्ट्रिय राजनीति देख पार्टीको आन्तरिक जीवनमा देखा परेका खनेक समस्याहरुको गँठो फुकाउँदै आउनुभएको । यसैको पछिल्लो उदाहरण १४ औं महाधिवेशनमा सहभागी हुने कतिपय जिल्लाका क्रियाशिल सदस्यहरुको बिवाद पनि सिटौला संयोजक रहनुभएको समितिले टुङ्ग्याएर महाधिवेशन हुने सुनिश्चितता भएको छ । सो बिवाद समाधान समितिमा त्यस अघिका समितिका संयोजक रमेश लेखक र मिनेन्द्र रिजाल सदस्य रहनुभएको थियो । पार्टीका समग्रमा भन्नुपर्दा देशको राजनीतिलाई कृष्णप्रसाद सिटौलाले अवलम्वन गर्नुभएको बैचारिक दृष्टिकोणले नेतृत्व गरेको छ भन्नसक्ने अवस्था छ । चुनावमा हारजित हुन, नेतृत्वमा पुग्नु नपुग्नु भनेको दोस्रो कुरा हो ।

पार्टीको सांगठनिक जीवनमा जिल्ला उपसभापति, सभापति, केन्द्रीय सदस्य, संगठन बिभाग प्रमुख, महामन्त्रीको समेत कुशलापूर्वक जिम्मेवारी सम्हालीसक्नुभएको छ सिटौलाले । त्यसैगरी नेपाल सरकारमा उद्योग बाणिज्य तथा आपूर्ति राज्य मन्त्री हुँदै गृह मन्त्री र उपप्रधान मन्त्रीसमेत हुनुभएका सिटौला २०५२।०६३ को जन आन्दोलनका योजनाकार तथा रणनीतिकार समेत हुनुहुन्थ्यो । २०६२।०६३ को आन्दोलनको क्रममा यो पंक्तिकार पनि नेता सिटौलासँगै भारत निर्वासनमा जानु परेको थियो । राजाको प्रजातन्त्र बिरोधी कदमको तीब्र बिरोध गर्ने र अब राजतन्त्रको काउसो भिर्न सकिंदैन भन्ने निष्कर्षमा पुगेका नेता कार्यकर्ताहरुमाथि तत्कालिन शाही नेपाली सेना र राजावादीहरुले ज्यानै लिने सम्मको निशाना बनाएका थिए । त्यही भएर सिटौला, महन्थ ठाकुर, सुजता कोइराला लगायतका नेता र उहाँहरु निकट कार्यकर्ताहरुले देश छोडेर बिदेशबाटै आन्दोलनको गतिविधि गर्नु परेको थियो । भारतमा आन्दोलनको समर्थनमा त्याहाँका नेपाली भाषी समुदाय र त्याहाँको सञ्चार माध्यममा नेपालमा राजनको सत्ताले गरेको दमनका बिषयमा निर्वासनमा रहेका नेता र पत्रकारहरुले जानकारी र प्रचार प्रशार गराउने काम गरिएको थियो ।

उहाँ पार्टीको १३ औं महाधिवेशनमा सभापतिको उम्मेद्वार हुनुभयो । तेस्रो बैचारिक धारको नेतृत्व गर्दै चुनावी प्रतिष्पर्धामा उत्रिनुभएका सिटौलाले शेर बहादुर देउवा र रामचन्द्र पौडेलसँग चुनाव लड्नुभएको थियो । सिटौलाकै उम्मेद्वारीका कारण तीनजना उम्मेद्वारमध्ये कसैलेपनि पहिलो पटकमै ५१ प््रतिशत मत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउने देउवा र पौडेलकाबीचमा बिधानतः पुनः प्रतिष्पर्धा भएको थियो । चरणमा पुनः मतदान भएको थियो । अहिले पनि सिटौला नेतृत्वको तेस्रो बैचारिक धार पार्टीमा क्रियाशील रहेको छ । यो बैचारिक धारलाई शसक्त युवा नेताहरु गगन थापा, प्रदिप पौडेल, भिमसेनदास प्रधान, उमाकान्त चैधरी शिव हुमागाँई, तारामान गुरुङ्ग, सुधिरकुमार शिवाकोटी लगायतका नेताहरुले साथ दिइरहनुभएको छ । झापाको धरातलबाट राष्ट्रिय राजनीतिमा सिटौलाले निर्वाह गर्नुभएको भूमिका र छोड्नुभएको छाप, प्रभाव स्मरणीय र अनुकरणीय छ ।

१४ औं महाधिवेशनमा तालमेलको चर्चा

१३ औं महाधिवेशनशमा पौडेल कोइराला समूहमा नअटाएपटि आफ्नो अलग्गै तेस्रो बैचारिक धार बनाएर सभापति पदमा चुनाव लडनुभएको सिटौलाले दोस्रो चरणको चुनावमा शेर बहादुर देउवालाई सहयोग गर्नुभएको थियो । अहिले चौधौं महाधिवेशनको तयारी स्वरुप आफ्नो सम्पर्क कार्यालय मार्फत देशभरका नेता कार्यकर्तासँग सम्पर्क बढाईरहनुभएका नेता सिटौलाले झापा, संखुवासभा, धनकुटा, दोलखा, काभ्रे, कास्की, भक्तपुर, काठमाण्डौं लगायताका धेरै स्थानमा बलियो पकड बनाउन सफल हुनुभएको छ । १३ महाधिवेशनमा भन्दा १४ मा सिटौलाको साँगठानिक प्रभाव र पहुँच बढेर गएको छ । झापामा त १५ वटै पालिकाहरुमा सिटौला खेमाका सभापतिहरु गाउँ नगर अधिवेशनबाट चुनिएकाछन् । काँग्रेसभित्रको तीनवटा धारमध्ये कोइराला पौडेल धारबाट डा. शेखर कोइरालालाई सभापतिमा अघि नसारेमा सिटौलाले रामचन्द्र पौडेल, सशांक कोइराला वा अन्यलाई नेता स्वीकार्ने अवस्था छैन । यस्तो अवस्थामा सिटौलाले आफ्नो नेतृत्वमा अलग्गै समूह बनाएर चुनावी प्रतिष्पर्धामा उत्रने र मुख्य दुई प्रतिष्पर्धिमा आउनसकेमा सभापतिका लागि पुनः प्रतिष्पर्धा गर्ने, नसकेमा शेर बहुदुर देउवालाई समर्थन गर्नसक्ने आँकलनहरु गरिएका छन् । सिटौला क्याम्पका नेता भिमसेनदास प्रधानले त असोज १७ गते नेपाली बहस रेडियो कार्यक्रमको पाचौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शेर बहादुर देउवाले १४ अधिवेशनको कार्यकालभरी कृष्णप्रसाद सिटौलालाई कार्यवाहक सभापतिको जिममेवारी दिने ठोकुवा नै गर्नुभएको छ । अझ एकथरीको बिष्लेषण त के छ भने संस्थापन इतर समूहबाट शेखर कोइरालालाई सभापतिमा अघि नसारेमा सिटौलाल पहिलो चरणमै शेरबहादुर देउवाको टिमबाट उपसभापतिमा चुनाव लडि आफ्नो तेस्रो बैचारिक धारका नेता कार्यकर्ताको राजनीत सुरक्षित गर्दै अघि बढने बलियो सम्भावना समेत रहेको छ । नेपाली काँग्रेसको नेतृत्वमा आगामी चुनावपछि बहुमतको सरकार बनेको अवस्थामा देउवा छैठौं पटक सरकारको नेतृत् वगर्न जाने र सिटौलाले कार्यवाहक सभापतिको रुपमा पार्टी हाँक्ने सममको सहमति देउवासँग भएको भित्री चर्चाहरु पनि हुन थालेका छन् । तर यी चर्चाहरुका सम्बन्धमा न त देउवा न सिटौला कसैले औपचारिकरुपमा मुख खोलेका छैनन् । केही प्रतिक्रिया पनि जनाएका छैनन् ।

बजारमा आएका चर्चा र प्रतिक्रियाहरुका सम्बन्धा यो पंक्तिकारले सिटौलासँग असोज १७ गते आइतबार सम्पर्क गर्दा अहिले न देउवा, न त पौडेल कोइराला कसैसँग पनि केही सम्झौता केही भएको छैन । स्थानीय आवस्यकता र बस्तुस्थितिका आधारमा तीनवटै धारले एक अर्कासँग सहकार्य गरेका छन् । कहीं सिटौला, पौडेल समूह त कही पौडेल देउवा समूहबीचपनि सहकार्य भएको छ । कतिपय स्थानमा देउवा सिटौला समूह मिलेर चुनाव लडेको र कतै कतै नयाँ उपसमूहबीचपनि तालमेलको अवस्था देखिएको सिटौलाको भनाइ छ । जिल्ला तहसम्मको अधिवेशनमा जो जता तालमेल गर्दा सजिलो हुन्छ, साथीहरुले त्यही गर्नुहुनेछ । तर जिल्लाको अधिवेशन सकिएपछि प्रदेश स्तरीय महाधिवेशनदेखि कोसँग सहकार्य गर्ने भन्ने सवाल उठने सिटौलाले यो पंक्तिकारलाई बताउनुभयो । प्रदेशस्त र केन्द्रतरमा भागबण्डा जोसँग मिल्छ, उसैसँग तालमेल हुनसक्ने नेता सिटौलाले संकेत गर्नुभयो । अहिले नै फलानेसँग यस्तो सहमति भयो, उस्तो भयो भन्ने प्रचार चुनावको बिकाऊ प्रचार गर्नेहरुले चलाएका चर्चाहरु हुन् । कोही कसैसँग मेरो कुनैप्रकारको सहमति भएको छैन । जे हुन्छ अब जिल्ला तहको अधिवेशन सकिएपछि हुन्छ । जो सँग सहज हुन्छ, उसैसँग सहकार्य हुनसक्छ सिटौलाले यो पंक्तिकारलाई कुटनैतिक जवाफ दिनुभयो । देशभरीबाट महाधिवेशन प्रतिनिधिमा आफ्ना समर्थकहरुको उपस्थितिलाई हेरेर सिटौलाले भावी रणनीति बनाउने स्पष्ट संकेत गर्नुभयो । उहाँले पहिलो चरणमा कसैलाई सघाइहाल्ने अवस्था अहिले देखिएको छैन । आफ्ना समर्थक कार्यकर्ताहरुको राजनैतिक सुरक्षा कता समर्थन वा सहयोग गर्दा हुन्छ, सिटौलाले त्यही आधारमा भावी रणनीति बनाउने सम्भावना रहेको छ ।

(लेखक नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य हुन्।)

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: