जीवन काँडा कि फुलको च्यारिटी शो

  प्रकाशित मिति
५ श्रावण २०७४, बिहीबार १५:४०


jhamak-kumari-ghimera

मेचीनगर । मेचीनगर लेडीज जेसीजले मदन पुरस्कार विजेता झमक कुमारीको जीवनमा आधारित जीवन काँडा कि फुल चलचित्रको च्यारिटी शो आज धुलाबारीको तृष्णा चलचित्र हलमा गरेको छ ।

पहिलो पटक झापाबाट प्रदर्शन सुरु गरिएको चलचित्रमा उनको बाल्यकालदेखि मदन पुरस्कार विजेता बनेसम्मको जीवन चित्रलाई उतारिएको छ ।

मेचीनगरका मेयर तथा उपमेयर विमल आचार्य र मिना उप्रेतीले रिवन काटेर चलचित्रको उद्घाटन गरेका थिए ।

पहिलो च्यारिटी शोमा मेचीनगरका राजनीतिक, बौद्धिक तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
घिमिरेको जन्मस्थान धनकुटा, धरानको वीपी मेमोरियल अस्पताल र काठमाडौंमा छयाङ्कन गरिएको चलचित्रको निर्माता आसामका विनोद विष्ट रहेका छन् ।

बद्री चौहान र उमेश सुवेदी निर्देशक रहेको चित्रचित्रमा घिमिरेको बाल्यकालको भूमिका अवस्था प्रधान रहेकी छिन् । झमकको बाल्यकालको भूमिका निर्वाह गरेकी अवस्था प्रधानको भूमिका जीवन्त रहेको छ अन्य कलाकारहरुमा रोजिता बुद्धचार्य, स्वीकृति शर्मा, टीका सुवेदी, शारिका घिमिरे, कृष्ण सुनार उमा बेबीलगात रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: