झापा, १२ माघ । प्रदेश १ को राष्ट्रिय सभा चुनावमा नेपाली काँग्रेसका उम्मेदवार गोपाल बस्नेत बिजयी भएका छन् ।
बुधबार साँझ सम्पन्न मतगणनामा गुरु बराल र बस्नेतको मत बराबरी आएको थियो ।
गोला तान्दा बस्नेत बिजयी भएका हुन् ।
एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका थिए ।