कांग्रेसको पद हस्तान्तरणमा कट्टेलले भने– ‘विश्व प्रकाशको साथ छ’

  प्रकाशित मिति
१७ आश्विन २०७८, आईतवार १९:५२


मेचीनगर, १७ असोज । नेपाली कांग्रेस मेचीनगरको नवनिर्वाचित नयाँ कार्य समितिले पदभार ग्रहण गरेका छन् ।

आइतबार धुलाबारीमा आयोजित पद हस्तान्तरण तथा प्रमाण पत्र बितरण कार्यक्रममा निवर्तमान मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीले नवनिर्वाचित सभापति सुवेशकुमार पनेरु (सुदय)लाई पद हस्तान्तरण गरेका हुन् ।

बुढाथोकीले नगर पार्टी कार्यलयको चाबी, निर्णय पुस्तीका र पार्टीको झण्डा लगायतका सामग्री सभापति पनेरुलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नवनिर्वाचित सभापतिसहित नयाँ कार्य समितिलाई बधाइ तथा कार्यकालको शुभकामना दिए । उनले भने– ‘विजयी हुनेले आफ्नो जिम्मेवारी सम्हाल्ने र उपविजेता बन्नेहरुले पार्टीको संगठनलाई बलियो बनाउन सहयोग गर्नु पर्छ ।’

बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर सभापति पदका उम्मेद्वार नविन बरालले नवनिर्वाचित सभापति सहित सबैलाई बधाई ज्ञापन गर्दै आफ्नो ठाउँबाट सहयोगी भुमिका खेल्ने बताए ।

कार्यक्रममा काँग्रेस झापाका उपसभापति तथा जिल्ला सभापति पदका उम्मेद्वार राम कट्टेलले सबैले गौरब गर्न सक्ने पार्टी बनाउन आफुले सभापतिको उम्मेद्वारी घोषणा गरेको बताए ।

उनले आफुलाई प्रवक्ता शर्माको साथ रहेको समेत बताए । ‘म साझा उम्मेद्वार भन्दै थिए’ कट्टेलले भने, ‘तर अब साझा भन्ने दिन सकिएको र म विश्वप्रकाश कै उम्मेद्वार हो ।’

कार्यक्रममा संविधान सभा सदस्य उषा गुरुङ, क्षेत्रीय सभापति मणीकुमार उप्रेती, बुद्धशान्ति गाउँपालिका सभापति चक्र शेर्मा, सभापति पनेरु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा निर्वाचन समितिले मेचीनगरका पदाधिकारी, सदस्यहरु र अपाङ तर्फका दुई जना क्षेत्रीय प्रतिनिधिलाई प्रमाण पत्र वितरण गरेको थियो ।

मतदान अधिकृत हरिप्रसाद अधिकारीले नगर समितिको नामावली घोषणा र सहायक मतदान अधिकृत ज्ञानेन्द्र निरौलाले सहजीकरणमा नगरमा निर्वाचित ७ पदाधिकारी र ७६ जना सदस्य गरी ८३ जनालाई प्रमाण पत्र वितरण गरेका थिए ।

पहिलो चरणको कार्यक्रम निवर्तमान नगर सचिवद्वय हस्त आङदम्बे र बसन्त तिवारीले सञ्चालन गरेका थिए । दोस्रो चरणमा सभापति पनेरुको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिवद्वय मनोज घिमिरे र मुकेश लिम्बुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: