कांग्रेसको प्रश्न : श्रमिकको सरकार छ कि छैन ?

  प्रकाशित मिति
५ बैशाख २०७७, शुक्रबार १३:३३


मेचीनगर, ५ वैशाख । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले लकडाउनबाट उत्पन्न समस्याका कारण पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन भन्दै प्रश्न गरेको छ ।

शुक्रबार विहान काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी कोरानाले बच्ने, भोकले मर्ने भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।

उनले सरकारले जिम्मेवारी एवं जवाफदेहिताको गति बढाउन नसक्ने हो भने मुलुकमा भयावह स्थिति उत्पन्न हुन लागेको चेतावनी दिएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीले देशबासीको नाममा गरिको सम्बोधनप्रति कटाक्ष गर्दै उनले भने, निश्चयनै भावनामा बगेर बोल्ने बेला यो होइन ।

तर कोठाभित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि यो होइन ।

आर्थिक रुपले लामो समय टिक्न सक्ने स्थिति नभएर सयौं किलोमिटर पैदल हिंडेर नागरिक घर गइरहेको शर्माले बताए ।

विज्ञप्तिमा भनिएको छ , ‘यस्तै प्रतिकूलतामा नागरिकलाई राज्यको भरथेग चाहिने हो । ७ दिनको लक डाउन लम्बिएर महिना दिन पुग्न लाग्यो । पर्याप्त राहत पु¥याउन या अप्ठ्यारोमा रहेकाहरुलाई सुरक्षित ढंगले गाउँ पु(याउने प्रबन्ध मिलाउन नेपाली कांग्रेस नेपाल सरकार समक्ष आग्रह गर्दछ ।’

गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दै गएको काँग्रेसको ठहर छ ।

‘तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौं, अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार ? आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न ?’-शर्माको प्रश्न छ ।

सरकारले जिम्मेवारी एवं जवाफदेहिताको गति बढाउन नसक्ने हो भने मुलुकमा भयावह स्थिति उत्पन्न हुन लागेको काँग्रेसको चेतावनी छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अघिल्तिरको स्थिति देखिन्छ भने देख्नु पर्यो सरकार । सुनिन्छ भने सुन्नु पयो । बुझिन्छ भने बुझ्नु पर्यो । गम्भीर परिस्थितिको गहिरो समिक्षा गर्दै उच्च ब्यवहार कुशलता साथ सरकारले कार्य गरोस्, संकटमा साथ रहेको प्रतिपक्षी दल सरकारलाई सचेत गराउँदछ ।

(अनलाइन खबर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: