कांग्रेसले पुस १३ गते देशभर प्रदर्शन गर्ने

  प्रकाशित मिति
९ पुष २०७७, बिहीबार १६:००


झापा, ९ पुस । नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा पुस १३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।

बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशभर प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

शर्माले आन्दोलनका थप कार्यक्रमको पनि तयारी भइरहेको जानकारी दिए ।

बैठकको सुरुमै सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलनमा जाने प्रस्ताव गरेका थिए । तेस्रो दिन पनि कार्यसमितिको बैठक जारी छ ।

देउवा पक्षले आन्दोलनमा जान आनाकानी गरेपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेलाको आयोजना गरेर आन्दोलनमा जान दवाव दिएपछि अन्ततः कांग्रेसले संसद् विघटनविरुद्ध सडकमा जाने निर्णय गरेको हो ।

नेकपाको दाहाल–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले पनि संसद् विघटन विरुद्ध केन्द्रदेखि वडा तहसम्म आन्दोलन चर्काउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: