कांग्रेसले प्रधानमन्त्रीलाई पठायो विरोध ज्ञापन

  प्रकाशित मिति
२ असार २०७७, मंगलवार १८:३४


भद्रपुर, २ असार । नेपाली कांग्रेस झापाले केपी ओलीको सरकार अकर्मण्य एवम् भ्रष्ट भएको आरोप लगाउँदै आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोध ज्ञापन पत्र पठाएको छ ।

ज्ञापन पत्रमा १७ वटा बँुदामा सरकारको ध्यानाकर्षण गराउँदै कांग्रेसले कोभिड १९ को महामारीले आम नागरिक त्रस्त भइरहेको बेला सरकारले खर्च गरेको १० अर्बको हिसाब देखाउन नसकेको उल्लेख छ ।

नागरिकको जिउज्यानको सुरक्षामा लाग्नु पर्नेमा सरकारका मन्त्रीहरु भ्रष्टाचारमा लिप्त भएको कांग्रेसको आरोप छ । ज्ञापन पत्र बुझाउन कांग्रेसका कार्यकर्ताहरु ठूलो संख्यामा भेला भएर जिल्ला प्रशासन कार्यालय परिसरमा भेला भएका थिए ।

पार्टीका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय नेता एवम् पूर्व मन्त्री केशवकुमार बुढाथोकी, प्रदेश सांसद् ओमप्रकाश सरावगी, केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिकल जिल्ला सभापति उद्धव थापा, कोषाध्यक्ष केशवराज पाण्डे लगायतका नेताहरु ज्ञापन पत्र बुझाउन उपस्थित थिए ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानालाई पार्टीका प्रवक्ता विश्वप्रकश शर्मा र पार्टीका जिल्ला सभापति उद्धव थापाले ज्ञापन पत्र बुझाएका थिए ।

सो क्रममा नेपाली काँग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संकटका बेला देश र जनताको सेवक बन्नु पर्ने सरकारका जिम्मेवार मन्त्रीहरू भ्रष्टाचार र अनियमिततामा लागेकाले काँग्रेसले राष्ट्रव्यापी विरोधमा उत्रनु परेको बताए ।

संकटको सामना गर्न सरकारलाई काँग्रेसले शालीनता पूर्वक गरेको सहयोगलाई दुरूपयोग गर्दै सरकारी निकाय भ्रष्टाचार र लुटतन्त्र मच्चाउन व्यस्त भएपछि कााग्रेस देशव्यापी विरोधमा ओर्लनु परेको भन्दै प्रवक्ता शर्माले सपना बाडेर रोग र भोकबाट बाँच्न नसकिने बताए ।

सो अवसरमा सञ्चारकर्मीसित संक्षिप्त कुराकानी गर्दै प्रवक्ता शर्माले भ्यू टावर निर्माण गर्न करोडौं पठाउने प्रधानमन्त्रीले गृह जिल्लामा बढ्दो कोरोना नियन्त्रणका लागि एक पैसा पनि नपठाउनु विडम्बना भएको प्रष्ट प्रष्ट पारेका थिए ।

शर्माले राष्ट्रियता सम्द्र्धन र नेपालीको समृद्धिका लागि काँग्रेसले सरकारलाई अग्रमोर्चामा रहेर सहयोग गरेको स्मरण गर्दै सडकमा नेपाली युवाहरूले उठाएका माग सम्बोधन गर्न सरकार हच्कनुले देश र जनताको उन्नतिमा सरकारका जिम्मेवार व्यक्ति बाधक भएको प्रष्टिएको उल्लेख गर्दै उहाँले समृद्ध नेपाल सुखी नेपाली निर्माणमा बाधक रहेको भ्रष्टाचार, दुराचार र अन्यायको बिरूद्धमा सडकमा उत्रिएका युवाहरूको आन्दोलनको पक्षमा कांग्रेस अडिग भएर रहने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: