काँकरभिट्टा । स्थानीय निर्वाचन नजिकिँदै गएपछि नेपाली काङ्ग्रेस मेचीनगरले प्रचार प्रसार अभियानलाई तिव्रता दिएको छ । पार्टीले शुव्रmवार एकै दिन ३ जना केन्द्रीय सदस्यलाई मेचीनगरमा उतारेर चुनावी सभालाई सम्बोधन गराएको छ ।
काँकरभिट्टास्थित मिनी मार्केटमा आयोजित सभालाई केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा र युवा नेता विश्वप्रकाश शर्माले सम्बोधन गरे ।
काँकरभिट्टामा सम्बोधन गर्दै केन्द्रीय सदस्य गगन थापाले प्रदेश नम्बर २ को निर्वाचन सारेर काङ्ग्रेसले राष्ट्रियलाई एककृत बनाउने प्रयास गरेको बताए । निर्वाचन सारेको विषयलाई प्रतिपछि दल एमालेले गलत भ्रम फैलाएको प्रति कटाक्ष गर्दै थापाले एमालेको मधेश विरोधी उग्रवादले राष्ट्रियता बलियो नुहने बताउँदै मधेशी जनतालाई समेत स्थानीय सासन सत्तामा पहुँच पु¥याउन २ नम्बर प्रदेशको विर्नाचन पछि सारिएको दावि गरे ।
‘हामी चुनावको गणितीय हिसावमा हार्न तयार छौँ’ नेता थापाले भने–‘का«ग्रेसले आफ्नो हित मात्र हेरेर अहिलेकै अवस्थामा निर्वाचन गरेको भए काङ्ग्रेस पहिलो पार्टी बन्थ्यो । हामीले राष्ट्रिय हितलाई सर्वाेपरि ठानेर चुनाव सारेका हौँ । यसमा हाम्रो कुनै स्वार्थ लुकेको छैन ।
निर्वाचनको प्रचारप्रसारमा झापा आइपुगेका थापाले राजपा तराई केन्द्रीत पार्टी भएको र नेकपा एमाले पहाड केन्द्रीत पार्टी भएकाले यी दुबैलाई मिलाएर अघि बड्न सकेमा मात्र देशले निकास पाउने बताउँदै उनले भने–‘काङ्ग्रेस हार्न तयार छ तर देशले जित्नु पर्छ ।’
पूर्व स्वास्थ्य मन्त्रि समेत रहेका थापाले चाहे जुन सुकै पार्टी भए पनि सर्वप्रथम आफ्नो मतको मताधिकारको प्रयोग गर्न सम्पूर्ण मेचीनगरबासीलाई आग्रह गर्नु गरे । थापाले संविधान कार्यन्वयनसँग जोडिएको स्थानीय चुनावमा मेचीननगर नगरपालिकाबाट काङ्ग्रेसलाई जिताउन आग्रह समेत गर्नु भयो । उहाँले विभिन्न अफ्ठ्यारा परिस्थितिमा काङ्ग्रेसले आफु हारेर पनि देशलाई जिताएको स्मरण गर्दै अबको यो चुनावमा समृद्ध नगर निर्माणका लागि काङ्ग्रेसलाई नेतृत्व प्रदान गर्न अवसर दिन जनता उर्लिएको बताए ।
मेचीनगरको चुनावमा काङ्ग्रेले जित हासिल गरिसकेको बताउँदै उहाँले अब असार १५ गतेका दिन फुल माला लिएर बस्न कार्यकर्तालाई आग्रह गनर््ुु भयो ।
यसैगरी केन्द्रीय सदस्य तथा युवा नेता विश्वप्रकाश शर्माले मेचीनगर नगरपालिका २० वर्ष अघि जन्मिएको भए पनि अझै एसएलसी फेल गरेर बसेको विद्यार्थी जस्तै गालामा हात हालेर बसरिहेको बताए । उनले एउटा विषयमा फेल गरे त मौका परीक्षा दिलाउन पाइन्थ्यो तर भएका सबै विषय फेल गरेपछि त्यो मौका पनि छैन् । आज पनि मेचीनगर विकासको गतिमा सुस्त रहेको बताउँदै अबको नृतेत्व काङ्ग्रेसले लिने र ५ वर्षमा समृद्ध नगर बनाएरै छाड्ने प्रतिबद्धता जनाए । उनले पहिले के भयो भन्दा पनि अब कसरी आफ्नो नगरलाई राम्रो बनाउन सकिन्छ भन्नेतर्फ लाग्न मेचीनगरबासीलाई आग्रह गरे ।
सांसद उषा गुरुङले प्रमुख तथा उप प्रमुख पदमा भएका पार्टीका उम्मेदवारलाई मत द्रिएर आफ्नो भविष्य आफै कोर्न आग्रह गर्नु भयो ।
चुनावी सभालाई काङ्ग्रेस जिल्ला सभापति उद्धव थापा, मेयर पदका उम्मेदवार विमल आचार्य, उपमेयरका दुर्गादेवी खतिवडा र मेचीनगर ६ का वडा अध्यक्ष ललित तामाङले सम्बोधन गरेका थिए ।