कांग्रेसमा चार वडाध्यक्ष उम्मेद्वार हेरफेर हुँदै

  प्रकाशित मिति
२७ जेष्ठ २०७४, शनिबार २२:४०


lalit tamangविर्तामोड । नेपाली काङ्ग्रेस झापाले आज मेचीनगर नगरपालिकाका सबै १५ वडाका वडा अध्यक्ष पदका उमेद्वारको अन्तिम छनौट गर्ने भएको छ ।

यस अघि पार्टीको क्षेत्रीय समितिले निर्णय गरेका नाममा बिवाद आए पछि त्यसको अन्तिम परिमार्जन गर्ने जिम्मेवारी जिल्ला समितिलाई दिइएको थियो ।
जिल्ला समितिद्वारा गठित संयन्त्रले मेचीनगरका ४ वटा वडामा वडाध्यक्षको नाम परिमार्जन गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

अन्य ९ वटा वडामा भने क्षेत्रीय समितिले यस अघि निर्णय गरेका नामहरुलाई नै सदर गर्ने सम्भावना छ । २ वटा वडामा भने विवादलाई वडा तहबाटै सहमतिबाट मिलाइएको छ ।

स्रोतका अनुसार बढी बिवाद देखिएको वडा नं. ३ मा दिपक थापा मगरलाई वडा अध्यक्षको उम्मेद्वार बनाइने सम्भावना छ ।
त्यस्तै, वडा नंं. ५ मा योगेन्द्र थापा मगर र वडा नं. ६ मा ललित तामाङलाई वडा अध्यक्षको उम्मेद्वार बनाएर चुनावी मैदानमा पठाउने सम्भावना छ ।

मेचीनगरको मुटु मानिने काँकरभिट्टा बजार क्षेत्र रहेको वडा नं. ६ मा क्षेत्रीय समितिले यस अघि हर्क फ्याकलाई वडा अध्यक्ष पदमा उम्मेद्वार बनाएको थियो । तर, जिल्ला संयन्त्रले नाम परिमार्जन गरी तामाङलाई अघि सार्ने सम्भावना छ ।

वडा नं. ७ मा अब चन्दन मेचे नेपाली काङ्ग्रेसको वडा अध्यक्ष पदको उम्मेद्वार बन्ने सम्भावना छ । यस अघि क्षेत्रीय समितिले रुपसागर अधिकारीलाई उम्मेद्वार बनाउने निर्याय गरे पछि विवाद भएको थियो ।

मेचीनगरका सबै १५ वडाका वडा अध्यक्षका उम्मेद्वारको बारेमा निर्णय गर्न आइतवार विहान जिल्ला संयन्त्रको बैठक बसेको छ ।

वडा नं. १४ मा शर्त राजबंशी वडा अध्यक्ष पदको उम्मेद्वार बन्ने भएका छन् । क्षेत्रीय समितिले त्यहाँ अर्कै उम्मेद्वार बनाए पछि विवाद भएको थियो । तर त्यो विवादको समाधान वडा तहबाटै मिलाइएको हो । राजबंशी अब सर्वसम्मत उम्मेद्वार बनेका छन् ।

puspa karkiविवाद देखिएको वडा नं. १३ मा वडा अध्यक्ष पदका आकांक्षीहरु विचकै सहमतिमा पुष्प कार्कीको उम्मेद्वारी सदर भएको छ ।
आकांक्षीहरु सन्तोष न्यौपाने, मोहन अधिकारी लगायतले पार्टीको वृहत्तर हितका लागि भन्दै कार्कीलाई नै उम्मेद्वार बनाउन शनिवार दिउँसो सहमति जुटाएका थिए । सहमति जुटाउने कार्यको नेतृत्व सन्तोष न्यौपानेले नै गरेका थिए ।

न्यौपानेले भने–‘हामी आकांक्षीहरु बसेर दिनभरि छलफल गर्यौँ, आज अवसर नपाउनेले भोलिका दिनमा थुप्रै अवसर पाउने सम्भावना रहन्छ, त्यसैले पार्टी हितका लागि पुष्प कार्कीजीलाई उम्मेद्वार बनाउने सहमति गर्यौँ ।’

काङ्ग्रेसले क्षेत्रीय समितिमार्फत यस अघि निर्णय गरेका अन्य वडा अध्यक्षका उम्मेद्वार भने परिवर्तन नहुने सम्भावना छ ।
क्षेत्रीय समितिले यस अघि मेचीनगरको वडा नं. १ मा कृष्ण सुवेदी, वडा नं. २ मा हिम्मत क्षेत्री र वडा नं. ४ मा नविन बराललाई वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको थियो ।

त्यसैगरी, वडा नं. ८ मा गिरीराज धमला, वडा नं. ९ मा गोपाल खड्का, वडा नं. १० मा सुदय पनेरु, वडा नं. ११ मा हरि कार्की, वडा नं. १२ मा लालबहादुर चौहान र वडा नं. १५ मा राजन भट्टराईलाई वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय भइसकेको थियो ।

जिल्ला संयन्त्रले १, २, ४, ८, ९, १०, ११, १२ र १५ नं. वडामा वडा अध्यक्षको उम्मेद्वार बनाउने यस अघि क्षेत्रीय समितिको निर्णयलाई सदर गर्ने सम्भावना छ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित समाचारमा केही परिमार्जनसहित)
……………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: