कांग्रेस चुनाव : मेचीनगरमा बराल र पनेरु नै बने उम्मेद्वार

  प्रकाशित मिति
९ आश्विन २०७८, शनिबार १६:१७


नविन बराल ।

मेचीनगर, ९ असोज । मेचीनगरको नेपाली कांग्रेस सभापति पदका लागि दुई युवाले उम्मेद्वारी दर्ता गरेका छन् ।

वडा नं. ४ का अध्यक्ष नविन बराल र वडा नं. १० का अध्यक्ष सुदय पनेरुले आज मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

सो पदका लागि ६ जना आकांक्षीले दावी प्रस्तुत गरेको भए तापनि यिनै दुई युवा नेताले उम्मेद्वारी दर्ता गराउने पूर्वानुमान भइसकेको थियो ।

मेचीनगरको निर्वाचन कार्यक्रम धुलावारी माविमा सञ्चालन भइरहेको छ ।

आजै उम्मेद्वारले नाम फिर्ता लिने समय पनि छ । फिर्ता नभएमा आइतवार मतदान हुने छ ।

सुदय पनेरु ।

यसैबीच, उपसभापति पदमा चार जनाको उम्मेद्वारी दर्ता भएको छ ।

धनकाजी खत्री, योगेन्द्र थापा मगर, राजु अधिकारी र सन्दिप ओली उपसभापतिको उम्मेद्वार बनेका हुन् ।

सचिव पदमा पनि चार जनाको नाम दर्ता भएको छ । जस अनुसार अशोक कुमार राई, मनोज घिमिरे, मुकेश लिम्बु र लक्ष्मीप्रसाद काफ्ले रहेका छन् ।

सहसचिवमा पनि पाँच जना छन् । मनोनयन दर्ता गर्नेहरुमा चन्दन गौतम, टिकाराम धमला, नविन खतिवडा, बिजय भट्टराई र लोकेन्द्र थपलिया छन् ।

निर्वाचन कार्यक्रमस्थल ।
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: