कांग्रेस चुनाव : अर्जुनधारामा २७ मत बढी ल्याएर खरेल बिजयी

  प्रकाशित मिति
१० आश्विन २०७८, आईतवार १५:२३


शनिश्चरे, १० असोज । नेपाली कांग्रेस अर्जुनधाराको नगर सभापतिमा हेमराज खरेल पुनः बिजयी भएका छन् ।

यसअघि पनि उनी नगरको सभापति नै थिए । उनलाई चुनौति दिएका सभापतिका उम्मेद्वार भीष्म मिश्रले २७ मत कम ल्याएका छन् ।

अर्जुनधारामा २४८ मतदाता थिए । जसमध्ये २४० मत खसेको थियो । खरेलले १३१ र मिश्रले १०४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । ५ मत बदर भएको थियो ।

नगर उपसभापतिद्वयमा भेषराज भण्डारी प्रशान्त र चतुरभुज काफ्ले, सचिवद्वयमा इन्दिवर खड्का र मेदनी गुरागाईं र सहसचिवद्वयमा सञ्जीव पौडेल (इशान) र निरज ढकाल निर्विरोध निर्वाचित भइसकेका थिए ।

सभापतिका उम्मेद्वार मिश्र साविक शनिश्चरे गाविसका पार्टी सभापति थिए भने हेमराज खरेल साविक शनिअर्जुन नगरपालिकाका लागि सभापति भइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: