कांग्रेस मतगणना जारी : मेचीनगरमा पनेरुले लिए अग्रता

  प्रकाशित मिति
१० आश्विन २०७८, आईतवार १६:४२


मेचीनगर, १० असोज । नेपाली कांग्रेस मेचीनगरको मतगणनामा सभापति पदका उम्मेद्वार सुदय पनेरुले अग्रता लिएका छन् ।

गणना भएको सुरुको १०० मतमा पनेरुले ६२ र अर्का उम्मेद्वार नविन बरालले ३८ मत प्राप्त गरेका छन् ।

उपसभापति पदमा योगेन थापा मगरे ७६ मत ल्याएर अग्रता लिएका छन् । प्रतिष्पर्धीहरु धनकाजी खत्रीले ७१, सन्दिप ओलीले २९ र राजु अधिकारीले १४ मत ल्याएका छन् ।

सचिवमा मुकेश लिम्बुले ६४ मत ल्याएर अग्रता लिएका छन् भने उम्मेद्वारहरु मनोज घिमिरेले ६०, अशोक राईले ३३ र लक्ष्मी काफ्लेले २१ मत ल्याएका छन् ।

सहसचिवमा टिकाराम धमलाले ६५ मत ल्याएर अग्रता लिएका छन् भने उम्मेद्वारहरु चन्दन गौतम ४१, बिजय भट्टराई ३८, नविन खतिवडा २१ र लोकेन्द्र थपलियाले १८ मत पाएका छन् ।

मतगणना जारी छ । अब ३९९ मतको गणना बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: