कागतीको विरुवा वितरण

  प्रकाशित मिति
१७ जेष्ठ २०७३, सोमबार ०७:५५


Kagati

काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी सस्थाले जिल्लालाई कागतीमा आत्मनिर्भर बनाउने उद्देश्यले आठ सय विरुवा वितरण गरेको छ ।
बुधबारे कार्यालयको व्यवस्थानमा नेपाल रेडव्रmस सोसाइटी बुधवारे उपशाखाको प्राङ्गणबाट आइतवार एक कार्यव्रmमका बिच आठ सय विरुवा वितरण गरिएको हो । कार्यालयका सांयोजक डिल्लीराम तिम्सिनाको अध्यक्षता एवम् प्रमुख अतिथि संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, अन्य अतिथिमा सञ्चालक समितिका सदस्य नारायणप्रसाद कोइराला, ठाकुरप्रसाद शिवाकोटी, डेरी व्यवसायका प्रबन्ध निर्देशक श्यामकुमार मिश्र, संस्थाका बरिष्ठ प्रबन्धक सूर्यप्रसाद मैनाली र प्राविधिक जेटिए राजेन्द्र आचार्य रहेका थिए ।

शाखा समिति सदस्य देवकुमारी शेर्माले स्वागत गरेको कार्यव्रmमकोे औचित्यमाथि प्रकाश पार्दै रामचन्द्र उप्रेतीले यस अभियानलाई हामी सबैले सफल पानुपर्ने बताए । त्यसैगरी कागती अभियानको महत्व बारेमा श्यामकुमार मिश्रले जानकारी गराएका थिए ।

कार्यव्रmममा नेपाल टेलिकमको परिसरमा कागतीको बिरुवा रोपेर संस्थाका अध्यक्षले उद्घाटन गरेका थिए । दुई सय जनालाई बिरुवा वितरण गरिएको कार्यव्रmमको सञ्चालन कार्यालय प्रमुख पारसचन्द्र भट्टराईले गरेका थिए । कागतीको विरुवा गोलधाप, इटाभट्टा, चारआली, धुलाबारी, दुधे, शनिश्चरे, बाहुनडाँगी, चन्द्रगढी, शरणामती, बनियानी, विर्तामोड, भद्रपुर, सुरुङ्गा र काँकरभिट्टा कार्यालयमार्पmत वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: