काङ्ग्रेसको महाधिवेशन

  प्रकाशित मिति
१२ माघ २०७२, मंगलवार ०५:३१


प्रमुख राजनीति दल नेपाली काङ्ग्रेसको महाधिवेशन सरगर्मी बढेको छ । काङ्ग्रेसको महाधिवेशनले नेपाली राजनीतिमा विशेष महत्व राख्दछ । नयाँ नेतृत्व छान्नका लागि हुन लागेको महाधिवेशनले भावी नीति र कार्यव्रmम पारित गर्दैछ । नेपाली राजनीतिलाई सही दिशामा डोर्याउनका लागि पनि महाधिवेशनले पारित गरेका नीति अक्षरस पालन गर्नुपर्छ । वर्तमान अवस्थामा मुलुकमा देखिएका समस्यालाई समाधान गर्नेतर्फ महाधिवेशन केन्द्रित हुनुपर्छ, यो वर्तमानको आवश्यकता पनि हो । ठूलो पार्टी भएको हैसियतले काङ्ग्रेसले वर्तमानको समस्यालाई चिर्दै समाधान गर्नतर्फ अभिभावकत्व भूमिका निर्वाह गर्नैपर्छ । त्यसो गर्न सके मात्र काङ्ग्रेसको महाधिवेशनले खास अर्थ राख्दछ । यसका लागि काङ्ग्रेस नेतृत्व जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ ।

महाविधेशनको मिति नजिकिएपछि पार्टीभित्र गुट उपगुट हावी हुने गरेको छ । काङ्ग्रेस पनि यसबाट अछुतो छैन । नेतृत्व आफ्नो पक्षमा पार्न अहिले आन्तरिक रुपमा नेताहरु लागिसकेका छन् । यसले पनि सर्वसम्मत नेतृत्व चयन हुने स्थिति देखिँदैन । पार्टीभित्रको आन्तरिक किचलोलाई मिलाएर सक्षम र सवल नेतृत्व चयन गर्न काङ्ग्रेसले सक्नुपर्छ । सक्षम नेतृत्वले मात्र भावी योजना कार्यान्वयन गर्न सक्ने भएकाले यसमा शीर्ष नेतृत्वले ध्यान जरुरी छ । पार्टीको महाधिवेशनले पारित गर्ने एजेण्डा राजनीति कार्यदिशा हो । यसले मुलुकको समग्र वस्तुस्थितिलाई चित्रण गरेको हुन्छ । मुलुकलाई निकास दिने बाटो तय गर्ने भएकाले नै महाधिवेशनले विशेष महत्व राख्ने गरेको हो ।

मुलुकले नयाँ संविधान पाएको छ । संविधान जारी भएसँगै मुलुक आव्रmान्त बनेको छ । लोकतन्त्र संस्थागत हुन सकेको छैन । यसबीचमा हुन लागेको महाधिवेशनले यी र यस्ता समस्याको सम्बोधन गरी निकास दिन सक्नुपर्छ । लोकतन्त्रमा विश्वास गर्ने काङ्ग्रेसले मुलुकको वर्तमान समस्यालाई पहिचान गरी हल गर्ने तर्फ जिम्मेवार बन्नुपर्छ, यो उसको दायित्व पनि हो । काङ्ग्रेसको महाधिवेशनले मुलुकको स्पष्ट खाका कोर्न सकोस् किनकि जनताले काङ्ग्रेसबाट यस्तै अपेक्षा राखेका छन् । अतः काङ्ग्रेसको १३ औं महाधिवेशन सफल बनोस् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: