काङ्ग्रेसको र्‍याली ‘गणतन्त्रमाथि औंलो ठड्याउने’का विरुद्ध पनि

  प्रकाशित मिति
२२ मंसिर २०७७, सोमबार २०:१९


झापा, २२ मङ्सिर । नेपाली काङ्ग्रेस झापाका उपसभापति राम कट्टेलले आगामी मङ्सिर २९ गते झापामा आयोजना हुने र्‍याली गणतन्त्रमाथि औलो ठड्याउने राजाबादीहरुविरुद्ध समेत भएको बताएका छन् ।

झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई दिन अघि गणतन्त्रविरुद्ध नाराबाजी गर्दै राजतन्त्र र हिन्दुराज्य पुनस्र्थापनाका पक्षमा शक्ति प्रदर्शन गरेको थियो ।

राजाबादी तागत देखाउन राप्रपाले काँकरभिट्टादेखि विर्तामोडसम्म आयोजना गरेको र्‍यालीमा १० हजार मोटरसाइकल रहेको दावी गर्दै आएको छ ।

कांग्रेसले मंसिर २९ गतेको र्‍यालीमा राप्रपाको भन्दा बढी अर्थात् १५ हजार मोटरसाइकल सडकमा उतारिने दावी गरिसकेको छ ।

काङ्ग्रेसका पुराना, त्यागी र निष्ठावान नेता कट्टेलले राजाबादीहरु सडकमा उत्रिन थालेको अवस्थामा सरकार बेखबर र पार्टीको आन्तरिक झगडामा लिप्त रहेको आरोप लगाए ।

उनले जनताको लामो संघर्ष र सहिदको बलिदानपछि प्राप्त लोकतान्त्रिक गणतन्त्रमाथि कसैले प्रहार गर्ने चेष्टा गरे नेपाली कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस झापाले आज विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वागत मन्तब्य व्यक्त गर्ने क्रममा कट्टेलले उक्त कुरा बताएका हुन् ।

वर्त्तमान नेकपा सरकारको सर्वसत्ताबादी र भ्रष्ट चरित्रका कारण जनता निराश बन्न थालेको हुँदा राजाबादीहरु सलबलाउन थालेको उनको भनाई थियो ।

तनहुँमा पुल उद्घाटन गर्न जाँदा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि सरकारले गरेको धरपकड र दूव्र्यवहार निरंकुशताको अभ्यास भएको जनाउँदै सरकारको गलत रवैयालाई भण्डाफोर गर्न कांग्रेसले सडकमा जाने निर्णय लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: