मेचीनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान अनुसार केन्द्रीय विभागमा उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिएका छन् ।
केन्द्रीय विभागका प्रमुख भने यसअघि नै मनोनयन गरिएको थियो ।
वीरबहादुर बलायर प्रमुख रहनु भएको निर्माण व्यवसायी समन्वय विभागमा ३९ सदस्य मनोनय गरिएको छ ।
निर्माण व्यवसायी समन्वय विभाग सदस्यमा मनोनित हुनेमा झापाका दिपेन्द्र पोखरेल, इलाम देखि मीना थापा, लगायत मनोनित भएका छन् ।
स्थानीय परिचालन विभागको केन्द्रीय सदस्य पदमा झापा भद्रपुरका राजेन्द्र घिमीरे मनोनित भएका छन् ।
त्यैगरी केन्द्रिय विभावका विभिन्न क्षेत्र अन्तरगत झापाबाटै सुरेश सुब्बा, मदन बुढाथोकी, दुर्गाप्रसाद सापकोटा, चन्द्रा खड्का भट्टराई, पंकज नेम्बाङ्, सूर्यनारायण ताजपुरिया, विनकुमार विश्वकर्मा, दुर्गा लुईटेल लगायत दर्जनबढी नेताहरु विभिन्न पदमा मनोनित भएका छन् ।
विधान बमोजिम प्रत्येक विभागमा बढीमा ५१ सदस्य रहने र केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, एक जना सचिव र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ ।
विभागका उपप्रमुख, सचिव, सदस्यमा मनोनयन हुन काँग्रेसको क्रियाशील सदस्य हुनुपर्छ ।
सभापति देउवाले अहिलेसम्म पूर्णता दिएका केन्द्रीय विभागमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना समुहका नेता तथा कार्यकर्ता पठाएका छैनन् ।