काङ्ग्रेसबाट नेम्बाङ पक्का

  प्रकाशित मिति
२५ पुष २०७२, शनिबार ०५:१९


मेचीनगर, २५ पुस । मेची उद्योग वाणिज्य सङ्घको आसन्न निर्वाचनका लागि नेपाली काङ्ग्रेसको तर्फबाट पङ्कजविव्रmम नेम्बाङलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने निश्चित भएको छ ।

शुव्रmबार नेपाली काङ्ग्रेस क्षेत्र नम्pankajबर १ र मेचीनगर समितिको संयुक्त बैठकले नेम्बाङलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकमा पार्टीका नगर र क्षेत्रका अग्रज नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । हालका वरिष्ठ उपाध्यक्ष नेम्बाङलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने र अन्य पदमा अर्काे बैठकले निर्णय गरिने भएको पार्टीका नगर सभापति प्रेम सम्बाहाम्फेले बताए ।

मेचीनगरका व्यवसायीको छाता सङ्गठन वाणिज्य सङ्घको नेतृत्वका लागि काङ्ग्रेसका तर्फबाट बसन्त तिवारी बुद्ध र ललित तामाङले समेत अध्यक्षको उम्मेद्वार बन्ने आकाङ्क्षा राखेका थिए । तर पार्टीले नेम्वाङलाई रोजेको छ ।

सङ्घमा दुई कार्यकाल सदस्य तथा एक कार्यकाल वरिष्ठ उपाध्यक्ष पदमा रहेर कुशल जिम्मेवारी बहन गरिसकेका नेम्बाङ नेपाल उद्योग वाणिज्य महासङ्घको वन उद्यम समितिको सदस्य तथा १४ वर्षदेखि निरन्तर अखिल नेपाल फुटबल सङ्घको केन्द्रीय सदस्य पदमा छन् ।

सङ्घको चुनावका लागि काङ्ग्रेसबाट बरिष्ठ उपाध्यक्षमा अजय घिमिरे र कपिल क्षेत्री, महासचिवमा धुब्र कनाल, सदस्यहरूमा कञ्चन बराल, आत्माराम अग्रवाल, लक्ष्मी अधिकारी, झुनादेवी बानियाँ, विष्णु उप्रेती (मैया), मनोज घिमिरे, जीवन ठकुरीको नाम चर्चामा छ ।

मेचीनगर । मेची उद्योग वाणिज्य सङ्घमा नेकपा एमाले र एनेकपा माआबादीले सहमतिबाट नेतृत्व चयन हुनु पर्ने धारणा अघि सारेका छन् ।

नेकपा एमालेका तर्फबाट ऋषि निरौलालाई अध्यक्ष पदको उम्मेदवार बनाउने तयारी भइरहे पनि आफ्नो पक्षमा अध्यक्ष राखेर अरु पदमा सर्वसम्मति खोज्ने उसले सङ्केत गरेको छ ।

‘हामी सर्वसम्मतिको पहल सबै पक्षसँग गछौं’, एमाले जिल्ला सदस्य तथा क्षेत्रीय इन्चार्ज गोपाल बुढाथोकी भन्छन्–‘अनौपचारिक रूपमा अन्य दलका साथीहरूसँग सम्वाद र कुरा चलिरहेको छ ।’

एमाले नेता बुढाथोकीले आफ्नो पार्टीका तर्फबाट अध्यक्ष पदको दावीसहित सहमतिका लागि कुरा बढाइने बताए । एमालेका तर्फबाट भूपाल शिवाकोटी, चेतन अधिकारी, कृष्ण कनाल, राजु गिरी, गङ्गा देवकोटा, नरप्रसाद पौडेल, देवी सुवेदीलगायतले विभिन्न पदमा उम्मेद्वारी दिने चर्चा छ ।

एनेकपा माओवादीका मेचीनगर इन्चार्ज प्रकाश भण्डारीले सबैको बीच सहमतिका साथ अघि बढ्नु पर्ने आवश्यकता औल्याएका छन् ।
‘हामी प्रतिस्पर्धा भन्दा पनि सहमति चाहन्छौ’, इन्चार्ज भण्डारीले भने–‘सबै दलको औचित्य रहने गरी व्यवसायीहरूको हित हुने किसिमको नेतृत्व चयन गर्नुपर्छ ।’

यो चुनावबाट अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, २ महिला सदस्यसहित १० जना सदस्य निर्वाचित हुने छन् । निर्वाचित समितिले पछि ५ जना मनोनित गर्ने सङ्घका कार्यकारी निर्देशक गोपाल बस्नेतले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: