काङ्ग्रेसले टुङ्ग्यायो १४ तहको उम्मेद्वार

  प्रकाशित मिति
१८ जेष्ठ २०७४, बिहीबार ०७:००


bimal dai onlineझापा । लामो प्रतीक्षापछि नेपाली काङ्ग्रेसले झापाको बाह्रदशी बाहेक १४ तहमा प्रमुख पदको उम्मेद्वार टुङ्गो लगाएको छ ।

क्षेत्रीय समितिको सिफारिसमा नौ तहमा उम्मेद्वारको छिनोफानो यस अघि जिल्ला समितिले नै गरिसकेको थियो ।

आकांक्षीहरुलाई नेताहरुले काखी च्याप्न थालेपछि जिल्लामा मिल्न नसकेको मेचीनगर, अर्जुनधारा, शिवसताक्षी, कनकाई र बुद्धशान्ति गरी पाँच तहको प्रमुख पदहरुको उम्मेद्वार बुधवार केन्द्रीय कमिटीले टुङ्गो लगाएको छ ।

केन्द्रीय सदस्य विश्वप्रकाश शर्माका अनुसार मेचीनगर नगरपालिकाको मेयरमा विमल आचार्य, बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा रमेश भुजेल, कनकाई नगरपालिकाको मेयरमा एकराज उप्रेती, शिवसताक्षी नगरमा परशुराम ढुंगानालाइृ  र अर्जुनधारा नगरपालिकाको मेयरमा हेमराज खरेललाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।

मेचीनगरको उपमेयर पदमा दुर्गा खतिवडालाई उम्मेद्वार बनाउने निर्णय भएको छ । केन्द्रीय कमिटीको बैठकमा बाह्रदशी र शिवसताक्षीको उम्मेद्वार टुङ्गो लगाउन ४ घण्टासम्म कसरत गरिए पनि कुरो मिल्न नसकेको बताइएको छ ।

स्रोतका अनुसार झापाको उम्मेद्वार चयनमा पूर्व महामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा विच तानातान भएको थियो । मेचीनगर, अर्जुनधारा, कनकाई र बुद्धशान्तिमा दुबै नेताविच सहमति भएको थियो ।

hemrajयस अघि भद्रपुर नगरपालिकामा मेयर र उपमेयरको उम्मेद्वारको रुपमा गणेश पोखरेल र तारा भुर्तेललाई टिकट दिने निर्णय जिल्लाबाटै भइसकेको थियो । तर मेयरक पदकी आकांक्षी गोमा भट्टराईले निर्णय पुनर्विचारका लागि अपिल गरेकोमा बुधवारको केन्द्रीय कमिटीको बैठकले जिल्लाकै निर्णयलाई सदर गरेको बताइएको छ ।

मेचीनगरको मेयरमा टिकट पाएका विमल आचार्य महाधिवेशन प्रतिनिधि एवम् पार्टीका पुराना कार्यकर्ता हुन् । पार्टीको नेतृत्वदायी पदमा नबसेका उनी सामाजिक व्यक्तित्वको रुपमा बढी चिनिन्छन् । उनी काँकरभिट्टा क्याम्पस सञ्चालक समितिका अध्यक्ष समेत हुन् ।

आचार्य पार्टीभित्र कृष्ण सिटौला खेमाको कट्टर समर्थकको रुपमा विगतमा चिनिए पनि पछिल्ला दिनमा उनी विश्वप्रकाश शर्माको लाइनसँग नजिकिएका छन् ।
अर्जुनधाराको मेयरका उम्मेद्वार हेमराज खरेल पार्टीका नगर सभापति नै हुन् । उनी सिटौला समर्थक हुन् भने बुद्धशान्ति र कनकाईका उम्मेद्वारहरुलाई दुबै खेमाको दोहोरो समर्थन थियो ।

खेमाको तानातानमा अर्का प्रभावशाली केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले सिटौलालाई समर्थन जनाएका छन् ।
……………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: