काङ्ग्रेसले बनायो अग्नी पीडितको घर

  प्रकाशित मिति
१० बैशाख २०७३, शुक्रबार ०३:२६


giri 1 giri 2 giri 3

मेचीनगर,१० बैशाख । घर आगलागी भएर ध्वस्त भएपछि छिमेकीको शरणमा बस्दै आएका मेचीनगर–७ का राजन गिरीको घर काङ्ग्रेस कार्यकर्ताले बनाइदिएका छन् ।

नेपाली काङ्ग्रेस वडा नम्बर ७ को पहलमा बिहीवार गिरीको घर निर्माण गर्न मेचीनगर क्षेत्रका १ सयभन्दा बढी पार्टी कार्यकर्ता दिनभर श्रमदान गरेका थिए ।

गत चैत ३० गते दिउँसो गिरीको घरमा आगलागी हुँदा परिवारका सदस्यले आङमा लगाएको कपडाबाहेक सबै सम्पत्ति जलेर स्वाहा भएको थियो ।

वीएन्डसी अस्पतालमा कर्मचारीका रुपमा काम गर्दै आएका गिरी आगलागीका बेला घरमा थिएनन् । आगलागीको समयमा घरमा उनका ३ जना साना छोराछोरी र पत्नी मात्र भएकाले आगलागीबाट सामान बचाउन नसकिएको हो ।

घर खरानी भएपछि उनीहरू छिमेकीको घरमा आश्रय लिदै आएका थिए । आगलागीबाट धान, चामल, लत्ता कपडा, भाँडाकुँडा गरेर ५ लाख भन्दा बढीको सम्पत्ति नष्ट भएको गिरीको भनाइ छ ।

गिरीको घर बनाउन काङ्ग्रेस वडा समितिले वडाभित्रका कार्यकर्ताहरूबाटै निर्माण सामग्री जुटाएको थियो ।

३० हजार रुपैयाँ भन्दा बढी रकम नगदै जम्मा भएको थियो भने कसैले सामान दिएका थिए । सङ्कलित रकमबाट घरमा आवश्यक पर्ने कपडा, सुत्नको लागि खाट, सिरक, डसना, भाँडाकुँडा, भान्सा कोठामा आवश्यक पर्ने सामाग्री, घर छाउनका लागि टिन तथा बाँस खरिद गरिएको वडा सभापति गिरीराज धमलाले बताए ।

बाँसको घेराबेरा र जस्तापाताको छानो लगाएर निर्माण गरिएको घर पाएर गिरी परिवार हर्षित भएका छन् ।

घर निर्माणका लागि पार्टीका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, महासमिति सदस्य तिलक गिरी, बिमल आचार्य, जिल्ला सचिव प्रेम आचार्य, सदस्य सुदय पनेरु, पुष्प पौडेल, मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, क्षेत्रीय सचिव हरि बुढाथोकी, नेता दुर्गाप्रसाद सापकोटा, सदस्य कुलदिप गिरी, खड्ग पन्धाक, तरुण दलका क्षेत्रीय सभापति अर्जुन राई, नगर सभापति विशाल तामाङ, जगत गिरी, शम्भू मगर, घनश्याम ढुङ्गाना, ललित राई, हरि कार्कीलगायतले श्रमदान गरेका थिए ।

giri 5 giri 4

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: