काङ्ग्रेसी चुनावमा व्यस्त

  प्रकाशित मिति
११ माघ २०७२, सोमबार ०८:५०


 

kangres netaझापा । नेपाली काङ्ग्रेसको १३ औं महाधिवेशन नजिकिँदै जाँदा झापामा चुनावी रौनक बढेको छ । जिल्ला, क्षेत्र, नगरदेखि गाउँस्तरसम्म नै चुनावको प्रचारप्रसारमा नेता तथा कार्यकर्ता जुटेका छन् ।

गत भदौ १ गते हुने भनिएको महाधिवेशन संविधान जारी भएपछि फागुन १ गतेलाई सारिएको हो । साउन महिनामा जिल्लैभर तातेको चुनावी रौनक ३ महिनालाई सेलाएको थियो । तर, फेरि महाधिवेशनको मिति तय भएपछि चुनावी रौनक बढेको हो । माघ १५ गते गाउँ, नगर, २२ गते क्षेत्र, २५ गते जिल्ला र फागुन १ गते केन्द्रको महाधिवेशनको मिति तोकिएपछि नेताहरू आफ्नो पक्षमा मत माग्न दौडथुपमा व्यस्त भएका छन् ।

चुनाव हुन केही दिन बाँकी रहेकाले सबै भोट माग्नमा व्यस्त छन् । धेरैले फेसबुकमार्फत त कसैले आफ्ना कार्यकर्ता माझ आफ्नो उम्मेदवारीको घोषण गरेका छन् । भोट माग्न घरदैलो अभियानलाई पनि तीब्र पारेका छन् ।

बाहुनडाँगी गाविसमा नेता तथा कार्यकर्ता चुनावी प्रचारमा जुटेका छन् । गाविसमा असारदेखि नै शुरू भएको चुनावी रौनक अहिलेसम्म उस्तै चलिरहेको छ । काङ्ग्रेस गाउँ सभापतिका लागि नविन बराल र केदार निरौलाको नाम चर्चामा छ । औपचारिक रूपमा उम्मेद्वारी घोषणा नगरे पनि बराल र निरौला आफ्नो पक्षमा पार्टीभित्र माहोल बनाउन लागि परेका छन् । उनीहरू आफ्नो पार्टीका नेताहरूको घरमै पुगेर आफ्नो पक्षमा मत मागिरहेको स्रोतले जनाएको छ ।

बराल नेपाल तरूण दलका पूर्व गाउँ सभापति र जिल्ला सदस्य हुन् । पार्टीको संस्थागत विकास गर्न, गाउँमा सङ्गठन विस्तार गर्न, पार्टीलाई व्रिmयाशील बनाउन तथा स्थानीय निकायको चुनावमा काङ्ग्रेसलाई जिताउनका लागि आफ्नो उमेदवारी दिन लागेको बरालले बताए । उनले संस्थालाई व्रिmयाशील बनाउन युवाको आवश्यक रहेकाले पनि उम्मेद्वारी दिने स्पष्ट पारे ।

यसैगरी निरौला वडा सचिव, वडा सभापति, गाउँ कमिटिको सदस्य हुँदै क्षेत्रीय प्रतिनिधिमा रहेर काम गरिसकेका छन् । उनले पार्टीको सङ्गठनलाई अझै मजबुत बनाउन उम्मेद्वारी दिने तयारी गरेको बताए ।

यसैगरी क्षेत्रीय प्रतिनिधिहरूमा खुल्लातर्फ निरज घिमिरे, केदारनाथ ढकाल, हिम्मत क्षेत्री, अनुप कार्की, घनश्याम निरौला, चन्द्र फुँयाल, सनत अधिकारी, नेत्र गुरागाई र टिकाराम कडेँलको नाम चर्चामा छ । महिला सदस्यका लागि धनकला थापा, पूर्णिमा कट्टेल, मुना कोइराला र शान्ता निरौला, दलित कोटामा पोषक दर्जी, जनजातिमा दिपक थापा मगर र अजय राई (भूपू कान्छा), अल्पसङ्ख्यकमा खड्ग धिमालले उम्मेद्वारी दिने तयारी गरिरहेको पार्टी स्रोतले जनाएको छ ।

बाहुनडाँगी गाविसबाट १ सभापति, ५ खुल्ला, ३ महिला, १ दलित, १ अल्पसङ्ख्यक र १ जना जनजाति निर्वाचित हुने विधानमा व्यवस्था छ ।

यसैगरी, शान्तिनगर गाविसमा पनि चुनावी माहोल तातेको छ । यस गाविसमा सभापति पदका लागि त्रिपक्षीय भिडन्त हुने निश्चित देखिएको छ । वर्तमान गाउँ सभापति शेरबहादुर राया, बमबहादुर दाहाल र युवा नेता चव्रm शेर्माको उम्मेद्वारी दिने तयारीसँगै चुनावी सरगम्री बढेको हो । उनीहरु ३ जना आफ्नो उम्मेद्वारीसँगै आफ्नो जित हुने दाबी गर्दै आएका छन् । १२ औँ अधिवेशनबाट गाउँ सभापतिको जिम्मेबारी पाएका शेरबहादुर रायाले अधुरा रहेका काम सम्पन्न गर्न पनि उम्मेद्वारी दिने बताएका छन् । उनी पहिलाकोे कामको मूल्याङ्कन सकारात्मक रहेकाले जित निश्चित रहेको दाबी गर्छन् ।

शेर्मा पनि आफ्नो जित हुने दावी गर्दै आएका छन् । नमुना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष समेत रहेका उनी पार्टीका जिल्ला सदस्य हुन् । उनले शान्तिनगरमा धेरै सम्भावना रहेकाले तिनको पहिचान गरी विकास निर्माणमा काम गर्ने बताए । उनले कसैको क्षमता आँकलन गरेर होइन काम गर्ने अवसर दिने हो भने शान्तिनगरको समग्र विकासमा अहम् भूमिका खेल्ने बताए ।

सभापतिका अर्का उम्मेद्वार दाहाल गाउँ समिति सदस्य तथा जिल्ला सदस्य रहेर काम गरिसकेका व्यक्ति हुन् । गाउँका विकास निर्माणमा प्रत्यक्ष सरोकार राख्ने भएकाले दाहालले चुनावमा राम्रै नतिजा ल्याएर जित्ने दावी गरे । थोरै बोल्ने र कुनै पनि विकास निर्माणका काम गर्न पछि नपर्ने गरेकाले उनले जित्ने सम्भावना रहेको बताइएको छ ।

२ सय २ जना व्रिmयाशील सदस्य रहेको शान्तिनगरमा क्षेत्रीय प्रतिनिधिका लागि सूर्य ढुङ्गाना, खड््क पन्दाक, भूपेन्द्र थेबे, राजु आचार्य, माधव चापागाई, छविलाल खतिवडा, चित्रबहादुर राई, इन्द्र लिम्बू, निर्मला रसाइली, भक्त विकलगायतको नाम चर्चामा छ । महिला सदस्यका लागि चन्द्रकला भट्टराई, कमला परियार, विमला चापागाई र रोषनी राईको नाम चर्चामा रहेको छ ।

यसैगरी, कन्काइ नगरपालिकामा पनि चुनावी रौनक उत्तिकै छ । सुरूङ््गा र घैलाडुब्बा गाविसलाई गाँभेर बनाइएको कन्काइ नगरको आगामी सभापतिका लागि २ जनाले उम्मेद्वारीको घोषणा गरिसकेका छन् । वर्तमान सभापति लिलाबहादुर कट्वाल र युवा नेता नेत्र चिमरियाले सभापति पदमा उम्मेद्वारी दिने तयारी गरेका छन् । नगर अधिवेशन आउन ४ दिन बाँकी रहँदा उनीहरू मत माग्न व्यस्त छन् । उनीहरू आफ्नो पक्षमा मत माग्न कार्यकर्ता समक्ष पुग्न भ्याइ नभ्याइ भइरहेको छ । क्षेत्रीय प्रतिनिधिका लागि रूद्र चिमिरया, मिनकुमार प्रधान, एलपी उप्रेती, खगेश्वर उप्रेती, प्रकाश चुँडाल, हरिभक्त सिटौला, तुलसी विमलीको नाम चर्चामा छ । नगरमा ८ सय ५० जना व्रिmयाशील सदस्य रहेका छन् ।

यसैगरी दुवागढी गाविसमा दुइ जनाले उम्मेद्वारी दिने तयारी गरेसँगै चुनावी सरगर्मी बढेको छ । सभापतिमा वर्तमान अध्यक्ष सन्तोष न्यौपाने र पुष्प कार्कीले उम्मेद्वारी दिने निश्चित गरेका छन् ।

एक कार्यकाल सभापति भइसकेका न्यौपानेले गाविसका अधुरा काम पुरा गर्दै पार्टीको भवन निर्माण समेतलाई पूरा गर्न आफ्नो उम्मेद्वारी रहेको बताए । उनले पार्टीका साथीहरूको आग्रह अनुसार उम्मेद्वारी दिएकाले आफ्नो जित निश्चित हुने दावी गरेका छन् । पार्टीको दुई कार्यकाल सभापति भएर जिल्ला सदस्य भइसकेका कार्कीले पनि आफ्नो जित निश्चित हुने दाबी गरेका छन् ।

क्षेत्रीय प्रतिनिधिहरूमा बालकृष्ण रिजाल, कृष्ण सुवेदी, लोकराज ढकाल, गोपी मैनाली, अनिल ढुङ्गाना, मोहन अधिकारी, भूपेन्द्र पौडेल, वर्तलाल राजवंशी, टिका पौडेल, फूर्वा लामा, रामप्रसाद निरौलालगायतलको नाम चर्चामा छ ।

यसैगरी, सतासीधाम र शिवगञ्ज गाविस गाभेर बनाइएको शिवसताक्षी नगरमा पनि यतिबेला चुनावी रौनक बढेको छ । नगरको सभापति पदका लागि तत्कालीन शिवसताक्षी गाविसका सभापति पर्शुराम ढुङ्गाना र पूर्व गाउँ सभापति नारायण बजगाई चुनावी मैदानमा उत्रिएका छन् । उनीहरू यतिबेला आफ्नो पक्षमा मत माग्नका लागि पार्टीका व्रिmयाशील सदस्यको घर–घरमा पुगिरहेका छन् । १ हजार ४ सय ८० व्रिmयाशील सदस्य रहेको सो नगरमा दुवैले आफ्नो जित हुने निश्चित रहेको बताइरहेका छन् । तथापि पार्टी सङ्गठन विस्तार र पार्टीको कामप्रतिको लगावका कारण ढुङ्गानाको पल्ला भारी रहेको पार्टी स्रोत बताउँछ । नगरबाट क्षेत्रीय प्रतिनिधिका रूपमा पूर्व महासमिति सदस्य सन्तोषकुमार मेन्याङ्गो, यामबहादुर बुढाथोकी, डिल्लीराम भण्डारी, ज्ञानेन्द्रबहादुर न्यौपाने, पुण्य ढकाल, पशुपति अधिकारी, टेकनाथ घिमिरे, मिलन ढुङ्गाना, तुला बोखिम, रतन थिङ्गलाबु, डिकबहादुर बुढाथोकी, शिवकुमार याङ्गाया, अग्नी दुलाल, अमृतबहादुर कार्की, दिपक गिरी, नन्दराज योङ्गहाङ पशुपति दाहाल, चन्द्रकुमार पौडेल, धनबहादुर कट्वाल, केदार काफ्ले, मनोज कार्की, दीपेन्द्र पाठक, मेघनाथ सापकोटा, काजी पाठक, प्रसाद सुब्बा, खेम उप्रेतीलगायतको नाम चर्चामा रहेको स्रोतले जनाएको छ ।

पार्टीको राष्ट्रिय महाधिवेशन फागुन २०, २१, २२ र २३ गते हुनेछ । झापामा १७ हजार ४ सय १२ जना व्रिmयाशील सदस्य रहेको जिल्ला सभापति उद्धव थापाले बताए । उनका अनुसार ६ हजार ५ सय ४३ जना नयाँ व्रिmयाशील सदस्य थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: