काङ्ग्रेस चुनावमा संस्थापनको वर्चस्व

  प्रकाशित मिति
१७ माघ २०७२, आईतवार ०७:३१


sanibar congress

झापा । नेपाली काङ्ग्रेसको १३ औँ महाधिवेशन अन्तर्गत शनिवार मुलुकभर प्रत्यक्ष निर्वाचन सम्पन्न भएको छ । काङ्ग्रेसको इतिहासमा यस निर्वाचनलाई सबैभन्दा ठूलो आन्तरिक लोकतन्त्रको अभ्यास मानिएको छ । शनिवार नगर तथा गाउँको वडादेखिकै कार्य समितिको चयन निर्वाचन प्रव्रिmयाबाट भएको छ ।

मत परिणाम अनुसार संस्थान पक्षको झापामा  वर्चस्व रहेको छ । नगर र गाउँ समितिमा सभापति, सचिव, कोषाध्यक्ष र सदस्यहरू निर्वाचित भएका छन् । क्षेत्रीय प्रतिनिधिहरूको चयन समेत प्रत्यक्ष निर्वाचनबाट भएको छ ।

पार्टी स्रोतका अनुसार वहालवाला केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, निर्वाचित सांसदहरू र संविधानसभाको दोस्रो चुनावका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरू स्वतः क्षेत्रीय प्रतिनिधि बन्ने हुँदा उनीहरूले चुनावको सामना गर्नु परेन ।

झापामा विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान भएको थियो । एक नगर तथा गाविसमा एउटा मतदान केन्द्र तोकेर चुनाव गरिएको थियो । चुनावमा टिक मार्क लगाउने मतपत्र, मतदान स्थल, चुनाव गराउने निर्वाचन समितिको औपचारिक व्यवस्था गरिएको थियो ।
निर्वाचन गराउन वकिल, पत्रकार र शिक्षकलाई पार्टीले परिचालन गरेको थियो ।

झापाका काङ्ग्रेस सभापति उद्धव थापा, युवा नेता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य नरेन्द्रविव्रmम नेम्वाङ, सांसद उषा गुरुङ लगायतले चुनावको सामना गर्नु परेको छैन । तर महाधिवेशन प्रतिनिधिको चुनावमा भने सबैले प्रत्यक्ष उम्मेदवार बन्नु पर्ने प्रावधान रहेको छ ।
मतदाता थोरै भएका नगर तथा गाउँमा शनिवार साँझ मत परिणाम आइसकेको छ भने धेरै मतदाता भएका ठाउँमा राति अबेरसम्म मतगणना भएको छ ।

एकै मतको अन्तरले सभापति
झापा । शरणामतीमा नेपाली काङ्ग्रेसको सभापतिमा एक मत बढी ल्याएर चचिचन्द ठाकुर विजयी भएका छन् ।
उनले १०० मत ल्याएका छन् । उनका प्रतिष्पर्धी नन्दकिशोर पोद्धारले ९९ मत ल्याएका छन् । कूल २४० मतदाता रहेकोमा २२६ मत खसेको थियो । २७ मत बदर भएको सो गाविसमा सभापति पदमा पराजित पोद्धारले परिणामप्रति असहमति जनाउँदै पुनः मतगणनाको माग गरेका छन् ।

शरणामतीमा सचिव पदमा मोहन मिश्र निर्वाचित भएका छन् भने कोषाध्यक्षमा मैया बजगाई सर्वसम्मत चयन भएकी छन् ।
शान्तिनगरमा शेर्मा नेपाली काङ्ग्रेसको शान्तिनगर गाउँ सभापतिमा युवा नेता चव्रm शेर्मा निर्वाचित भएका छन् । वर्तमान गाउँ सभापति शेरवहादुर रायालाई जिल्ला शेर्माले २३ मतको अन्तरले पराजित गरेका छन् । शनिवार भएको निर्वाचनमा शेर्माले १०७ मत र उनका प्रतिष्पर्धी रायाले ८४ मत प्राप्त गरेका थिए ।

त्यस्तै सचिवमा सर्वसम्मत रुपमा घनश्याम घिमिरे चयन भएका छन् । सदस्यहरूमा गीता ढुङ्गाना, गोपाल खतिवडा , डिल्लीरमण खतिवडा, निधिराम अर्याल, हर्क लिम्बु र महिला सदस्यमा रोश्नी राई, कमला परियार र शान्ता तामाङ चयन भएका छन् ।
क्षेत्रीय प्रतिनिधिमा १२ जनाको उम्मेद्वारी परेकोमा खड्ग पोङदाख(१२४), भुपेन्द्र थेबे(११३), सूर्य ढुङ्गाना (१००), राजु आचार्य(१००), र डम्बर अधिकारी (८६) मत प्राप्त गर्दै निर्वाचित भए ।

त्यस्तै, जनजातिबाट क्षेत्रीय प्रतिनिधिमा चित्रबहादुर राई, अल्पसङ्ख्यकबाट सुवास दनुवार र दलितबाट कुलबहादुर विश्वकर्मा (निर्मल) चयन भएका छन् ।
२०५ जना मतदाता रहेको शान्तिनगर गाविसमा शनिबार भएको निर्वाचनमा १९६ मत खसेको निर्वाचन अधिकृत योगेन्द्र चौलागाईले जनाए ।
दुवागढीमा कार्की
नेपाली काङ्ग्रेस दुवागढी सभापतिमा पुष्प कार्की निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचन मत परिणाम अनुसार कार्कीले सन्तोष न्यौपानेलाई पराजित गरेका हुन् ।
सचिवमा शङ्कर सुवेदी, कोषाध्यक्षमा कला केसी निर्वाचित भएका छन् । क्षेत्री प्रतिनिधिमा लोकराज ढकाल, मोहन अधिकारी, बालकृष्ण रिजाल, फुर्वा लामा, गोपीराज मैनाली, सुशीला रिजाल, प्रमिला राजवंशी र कमला कार्की निर्वाचित भएका छन् ।
बाहुनडाँगीमा बराल
नेपाली काङ्ग्रेस बाहुनडाँगी सभापतिमा नविन बराल निर्वाचित भएका छन् । बरालले १ सय ९६ मत ल्याएका छन् । उनका प्रत्यासी केदार निरौलाले १ सय २७ मत प्राप्त गरे ।
सचिवमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् भने कोषाध्यक्षमा मुना राणा सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
क्षेत्रीय प्रतिनिधि (खुल्ला) तर्फ निरोज घिमिरे, हिम्मत क्षेत्री, केदारनाथ ढकाल, ढुण्डीराज पौडेल, अनुप कार्की विजयी भएका छन् ।
महिलातर्फ पूर्णिमा कट्टेल र शान्ता निरौला, आदिवासी जनजातिमा अजय राई (भूपू) सिमान्तकृत तथा मधेशी कोटामा खड्ग धिमाल, दलित तर्फ पोषककुमार दर्जी निर्वाचित भएका छन् ।
३ सय ४३ मत मध्ये ३ सय २७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
ज्यामिरगढीमा भट्टराई
नेपाली काङ्ग्रेस ज्यामिरगढी सभापतिमा राजन भट्टराई निर्वाचित भएका छन् । उनले १ सय ४३ मत ल्याएका छन् । उनका प्रत्यासी विदुर कार्कीले १ सय र खड्गबहादुर राउतले ११ मत प्राप्त गरे । सचिवमा यामबहादुर घिमिरे र कोषाध्यक्षमा चन्द्र घोर्साई निर्वाचित भएका छन् ।
क्षेत्रीय प्रतिनिधिमा केशवराज पाण्डे, अरुणकुमार बुढाथोकी, तारावीर कटुवाल, राजकुमार कार्की, विष्णु प्रसाई, निता पुरी, कृष्णकुमारी बानियाँ र चित्रकला दाहाल निर्वाचित भए । सदस्य पदमा यसअघि नै सर्वसम्मत भइसकेका छन् ।
मेचीनगरमा बुढाथोकी
मेचीनगर सभापतिममा इन्द्र बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा सुरेन्द्र बुढाथोकी, सचिवमा बुद्ध तिवारी, मनोनित तर्फ हस्त आङ्दाम्बे, सहसचिवमा खगेन्द्र गिरी यस अघि नै निर्वाचित भइसकेका छन् । कोषाध्यक्षमा सुवास गुरुङ निर्वाचित भएको क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले जानकारी दिए ।
त्यस्तै कनकाई नगर सभापतिमा नेत्रप्रसाद चिमरिया विजयी भएका छन् । उनी ४२५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रत्यासी लीलाबहादुर कटुवालले ३७७ मत ल्याएको हाम्रा समाचारदाताले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: