काङ्ग्रेस महाधिवेशन र युवा नेतृत्व

  प्रकाशित मिति
९ माघ २०७२, शनिबार ०५:०९


gyanendra pic

नेपाली काङ्ग्रेस यो मुलुकको सबैभन्दा जेठो राजनीतिक दल हो । स्वाभाविक छ जेठो भए पछि यसमा पाका नेता र नेतृत्वहरू सङ्ख्यात्मक रुपमा अन्य दलको तुलनामा बढी छन् । व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल र ६५ बर्षको नेपाली जनताको चाहना बनेको संविधान सभाबाट संविधान निर्माणको सफलतापूर्वक अगुवाई गरेको काङ्ग्रेसलाई यतिबेला १३ औँ महाधिवेशनको चटारोले घेरेको छ ।

देशभरि करिब ४ लाख ५० हजार भन्दा बढी व्रिmयाशिल सदस्य भएको काङ्ग्रेसले आन्तरिक व्यवस्थापन र संविधान निर्माणका कारण पटक पटक गरेर ४ पटक सारेको महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ । त्यसका लागि देशैभरिका गाउँ नगरको अधिवेशन यहि माघ १५ गतेका लागि तोकिएको छ भने क्षेत्रीय अधिवेशन माघ २२ र जिल्ला अधिवेशन माघ २५ गतेका लागि तय भएको छ ।

अधिवेशनले काङ्ग्रेसको केन्द्रदेखि वडा तहसम्म नयाँ नेतृत्व स्थापित गर्दैछ । यस्तो बेला काङ्ग्रेसजनमा मात्र होइन यसका सुभचिन्तक र आम नागरिकका मनमा उब्जिएको एउटा प्रश्न के हो भने काङ्ग्रेसभित्र युवा भन्नुको अर्थ के ? विश्वका सबै जसो देशमा युवालाई शक्तिका केन्द्रका रुपमा हेरिन्छ तर नेपाली काङ्ग्रेसले नेतृत्वमा युवालाई सजिलै पचाउन नसकेको बिगतको अधिवेशनहरूबाट देखिएको छ ।

वर्तमानमा काङ्ग्रेसको शीर्ष तीन नेतृत्वहरू सभापति शुशिल कोइराला ७८ बर्ष, उपसभापति रामचन्द्र पौडेल ७२ बर्ष र शेरबहादुर देउवा ७१ बर्ष पुगेका छन् । तर अझै पनि काङ्ग्रेस यिनै तीन वृदधका अघि पछि घुमिरहेको छ । उमेर समूहको कुरा गर्ने हो भने ७० बर्ष पुगेपछि हाम्रो देशको कानूनले जेष्ठ नागरिकका रुपमा भरण पोषणका लागि मासिक भत्ता दिने व्यवस्था गरेको छ । यसको अर्थ यहि हुन्छ कि ७० काटेकाहरू बृद्ध,अशक्त हुन् जसलाई लागि राज्यले भरण पोषण गर्नु पर्छ ।

२०४६ साल पछि सबैभन्दा धेरै सरकार चलाएको नेपाली काङ्ग्रेसभित्र यो कुरा लागु हुँदैन र खोजी खोजी ७० बर्ष कटेकाहरूले पार्टीलाई नेतृत्व गरिरहेका छन् । अनि भएका युवाहरू पनि तीनकै पछि कुदिरहेको देखिन्छ । १३ औँ महाधिवेशनमा पनि केन्द्रीय नेतृत्वमा काङ्ग्रेसले त्यहि नियति दोहो¥याउने निश्चित देखिन्छ । आखिर किन ? युवाको उत्पादन छैनन् भन्दा नेतृत्व सम्हाल्न सक्ने युवा पुस्ता सायदै अरु दलसँग होला तर के कारण छ जसले गर्दा काङ्ग्रेसभित्रका क्षमतावान युवाहरू टाउकेको पछि मात्र दगुर्ने तर आफैँ अघि उभिएर एउटा आयतन लिन सकिरहेका छैनन् त ।

sanibar congress

काङ्ग्रेसभित्र युवा नेतृत्व स्थापित हुन नसक्नुको पछि मुख्य रुपमा तीनवटा कारण छन् । पहिलो कारण भनेको वर्तमानका तीन मुख्य नेताहरूले युवालाई अघि सार्नु भन्दा युवा कै बलमा आफैँ अगाडि बढिरहने प्रवृत्ति नै हो । जसका कारण काङ्ग्रेस भित्रको गुटगत राजनीति दैनिक चुलिँदै गएको देखिन्छ । दोस्रो कारण भनेको युवा नेतृत्व बिचको असमझदारी नै हो । युवाहरू आफैँ एकताबद्ध भएर नेतृत्व गर्दा केन्द्रसम्म कसको बढी पहुँच हुने भन्ने होडबाजीका कारण पनि युवाहरू एक ठाउँमा उभिन सकेका छैनन् ।

र, तेस्रो तथा अन्तिम कारण भनेको सबैको ध्यान केन्द्रमा पुग्न तर वडा तहदेखि नै युवा नेतृत्व स्थापित हँुदै गयो भने सबै तहका संरचनामा युवाहरू बलशाली हुन्छन् भन्नेतर्फ सोच्न नसक्नु पनि हो । गाउँ, नगर, क्षेत्र र जिल्ला तहका संरचनादेखि युवाहरूको भूमिकालाई बुलन्द बनाउने हो भने युवाले नेतृत्व लिन हैन युवालाई नेतृत्व दिन अहिलेका ७० काटेका र उनीहरूका अगुवा पछुवाहरू बाध्य हुनेछन् । यति हुँदाहुँदै पनि काङ्ग्रेसमा युवा नेतृत्वका लागि केही आशाका किरण भने जीवितै छ । युवा पुस्ताका विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गगन थापा, गुरुराज घिमिरे, भिष्मराज आङदम्बे जस्ता नेताहरूले काङ्ग्रेस भित्रको युवा जोसलाई कायम नै राखेको छ भने दोस्रो पुस्ताका नेतामा महामन्त्री कृष्णप्रसाद सिटौला, अर्जुन नरसिंह केसी जस्ता मध्यमार्गी नेताले पार्टी भित्रको द्वन्द्व समाधानमा अग्रसरताको खाँचो भएको देखिन्छ ।

नेपाली काङ्ग्रेसको आसन्न १३ औँ महाधिवेशन युवा जागरणको मात्र होइन युवा नेतृत्व स्थापित गराउने महाधिवेशन बनाउन गाउँ नगर क्षेत्र र जिल्लादेखि नै युवा शक्ति स्थापित गराउनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: