काठमाडौँको मेयरमा २१ हजारको मतान्तरले एमाले विजयी

  प्रकाशित मिति
१४ जेष्ठ २०७४, आईतवार ०८:३८


bidyyasundarकाठमाडौं / काठमाडौं महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्य भारी मतान्तरले निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी कांग्रेस उम्मेदवार राजुराज जोशीलाई करिव २११०७ मतले पछि पार्दै शाक्य काठमाडौं महानगपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

आइतबार बिहान सकिएको मत गणनामा शाक्य काठमाडौंको मेयरमा निर्वाचित भएका हुन् । मत गणना सकिए पनि निर्वाचन कार्यालयले औपचारिक रुपमा विजय घोषणा गर्न बाँकी छ । उपमेयरमा भने कांग्रेस उम्मेदवार हरिप्रभा खड्का विजयी भएकी छिन् ।

मेयरका एमाले उम्मेदवार बिद्यासुन्दर शाक्यले ६९८५० मत ल्याएर विजयी भएका हुन्। उनले आफ्ना प्रतिद्वन्द्वी कांगेसका राजुराज जोशीलाई २११०७ मतले पछि पारेका हुन् ।  जोशीले ४८७४१ ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: