काठमाडौँदेखि चारआली आएका एक व्यक्तिमा एन्टीबढी पोजेटिभ

  प्रकाशित मिति
२१ बैशाख २०७७, आईतवार १४:०९


।। अर्जुन कार्की ।।

चारआली । दसदिन अघि काठमाडौँबाट चारआली स्थित आफन्तकोमा मोटरसाइकलमा आएका एक व्यक्तिलाई र्यापिड डाईगोनोष्टिग टेष्ट (आरडीटी) गर्दा एन्टीबढी पोजेटिभ भेटिएको छ ।

वैशाख १२ गते काठमाडौँबाट चारआली हुँदै आफ्नो घर पाँचथर गएका २६ वर्षीय ति व्यक्तिलाई आरडीटी टेष्ट गर्दा एन्टीबढी पोजेटिभ भेटिएको हो ।

पाँचथरको याङवरक गाँउपालिका–६ का ती व्यक्तिलाई त्यहाँको स्वास्थ्य शाखाले कोरोना भाइरसको शंका लागि परिक्षण गर्दा एन्टीबढी पोजेटिभ भेटिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

‘उनको पाँचथरमा नै स्वाबको पनि परिक्षण गरिएको छ’, चौलागाईले भने–‘स्वाब परिक्षणका लागि कोभिड अस्पताल विराटनगर पठाइएको छ । रिपोर्ट सोमबार आउने छ ।’

ति व्यक्ति काठमाडौँबाट आउँदा चारआली स्थित दिदी–भिनाजुको डेरामा दुई घण्टा बसेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले बताए । दिदी–भिनाजुको डेरामा खाना खाएर पाचँथर घर लागेको उनले बताए ।

पूर्व शसस्त्र प्रहरी मोहन कार्कीको घरमा डेरा लिएर बसेका तीन जनाको परिवार रहेको डिएसपी पोखरेलले बताए ।

ति व्यक्ति दिदी–भिनाजुको घर आएको १४ दिन नपुगेकाले आरडीटी टेष्ट नगरिने फोकल पर्सन चौलागाईले बताए ।

उनीहरुको आइतबार स्वाब परिक्षण चाहिँ गरिने उनले जानकारी दिए । १४ दिन कटेपछि मात्र आरडीटी टेष्ट गरिने उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: