काठमाडौँदेखि चारआली आएका दुवै जनामा कोरोना भेटिएन

  प्रकाशित मिति
२३ बैशाख २०७७, मंगलवार १३:२१


।। अर्जुन कार्की ।।

चारआली । काठमाडौँबाट मोटरसाइकलमा चारआली आएका दुई जना व्यक्तिको स्वाब परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको छ ।

वैशाख १२ गते काठमाडौँबाट मोटरसाइकलमा चारआली आएका दुई जना व्यक्ति (मामा–भान्जा) को स्वाब परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको हो ।

पाँचथरका २७ वर्षीय र झापाको चारआली डेरा बस्ने ३४ वर्षका दुवै जनाको प्रदेश नं. १ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय झापाका महामारी रोग सम्बन्धिका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

आइतबार दुवै जनाको स्वाबको टेष्ट लिएर परिक्षणका लागि उक्त प्रयोगशालामा पठाइएको थियो ।

काठमाडौँबाट मोटरसाइकलमा मामा र भान्जा चारआली स्थित पूर्व शसस्त्र प्रहरी मोहन कार्कीको घरमा डेरामा वैशाख १२ गते आइपुगेका थिए ।

पाँचथर निवासी भान्जा मामाको डेरामा दुई घण्टा बसि खाना खाएर घर लागेका थिए ।

पाँचथरको याङवरक गाँउपालिका–६ का ती व्यक्ति (भान्जा) लाई त्यहाँको स्वास्थ्य शाखाले कोरोना भाइरसको शंका लागि परिक्षण गरेको थियो ।

पाँचथरको स्वास्थ्य कार्यालयले र्या्पिड डाईगोनोष्टिग टेष्ट (आरडीटी) गर्दा तीव्यक्तिलाई एन्टीबढी पोजेटिभ भेटिएकोे थियो ।

एन्टीबढी पोजेटिभ भेटिए लगत्तै चारआलीका मामा पर्ने र ती भान्जालाई आ–आफ्नो ठाउँको क्वारेन्टाइनमा तत्काल राखिएको थियो ।

भान्जालाई एन्टीबढी पोजेटिभ भेटिएसँगै चारआलीमा पनि सर्वसाधारणमा सन्त्रास फैलिएको थियो ।

कार्कीको घरलाई सिल गरिएको थियो भने त्यस आसपासका क्षेत्रमा संक्रमण नफैलियोस् भनेर सुरक्षा कडा पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: