काठमाडौंबाट घर फर्केका दुई जनामा कोरोना

  प्रकाशित मिति
१० असार २०७७, बुधबार १५:४२


मेचीनगर, १० असार । काठमाडौंबाट घर फर्किएका मेचीनगरका दुई जनामा कोरोना संक्रमण भएको छ ।

अहिलेसम्म भारत र तेस्रो मुलुकबाट फर्केकालाई मात्र कोरोना संक्रमण देखिने गरेकोमा पहिलोपल्ट राजधानी काठमाडौंसम्म ओहोरदोहोर मात्र गरेका व्यक्तिमा समेत संक्रमण देखिएको हो ।

स्रोतका अनुसार काठमाडौंबाट आएका मेचीनगर–१ का ६२ वर्षीय पुरुष र मेचीनगर–९ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको हो ।

उनीहरु दुबै जना काठमाडौंबाट लकडाउनका बेला बस चढेर घर फर्किएका व्यक्ति हुन् । दुबैलाई मेचीनगर–१० धुलावारीस्थित राधास्वामी भवनको क्वारेन्टाइनमा राखिएको छ ।

दुबैजनाको यही असार ७ गते स्वाव संकलन गरी असार ८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानको प्रयोगशालामा पठाइएको थियो । असार ९ गते अबेर दुबैको परीक्षणको रिपोर्ट आउँदा उनीहरु संक्रमित रहेको पत्ता लागेको हो ।

उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि स्वास्थ्य मन्त्रालयले अपरान्ह चार बजे गर्ने बुझिएको छ ।

(मोहन काजी/अर्जुन कार्की)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: