झापा, १२ माघ । सबैभन्दा बढी जनसंख्या भएको पाँच जिल्लामा झापा पनि परेको छ ।
नयाँ जनगणना २०७८ अनुसार झापाको जनसंख्या ९ लाख ९४ हजार ९० रहेको छ ।
यहाँ महिला ५ लाख १६ हजार ५९४ र पुरुष ४ लाख ७७ हजार ४९६ रहेको छ ।
नेपालमा सबैभन्दा बढी जनसंख्या काठमाडौमा (२० लाख १७ हजार ५३२ ) रहेको छ भने सबैभन्दा कम मनाङमा ५ हजार ६४५ जना रहेका छन् ।
बढी जनसंख्या भएका पाँच जिल्लामा काठमाडौं, मोरङ (११ लाख ४७ हजार १८६), रुपन्देही (११ लाख १८ हजार ९७५), झापा र सुनसरी (९ लाख ३४ हजार ४६१) रहेका छन् ।