कानूनी शासन सुदृढ गर्न माग

  प्रकाशित मिति
२४ जेष्ठ २०७३, सोमबार १४:१३


human

विर्तामोड । राष्ट्रिय मानव अधिकार आयोगका पूर्वाञ्चल प्रमुख कोषराज न्यौपानेले मानवअधिकार रक्षकहरु सरकारलाई सहयोग गर्न र खवरदारी गर्न पनि तयार हुनु पर्ने बताएका छन् ।्

पूर्वाञ्चल मानव अधिकार रक्षक परिषदको सोमबार यहाँ आयोजित दोस्रो वार्षिकोत्सव समारोहका प्रमुख अथितिसमेत रहेका आयोगका क्षेत्रीय निर्देशक न्यौपानेले उक्त धारणा व्यक्त गरेका हुन् । उनले नेपाली जनताले लोकतन्त्र र कानुनी शासनको लडाई लडेर प्राप्त गरेको अधिकारलाई संरक्षण गर्न पनि लोकतन्त्र र कानुनी शासनलाई सुदृढ बनाउनु पर्ने धारणा राखेका थिए । आयोगका पूर्वाञ्चल निर्देशक न्यौपानेले भने, ‘लोकतन्त्र र कानुनी शासनलाई सुदृढ बनाउन संविधानलाई सफल कार्यान्वयन गरिनुपर्छ ।’

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी मदन भूजेलले मानवअधिकार रक्षकहरुले अधिकारसँगै कतव्र्यपालन गर्न पनि उत्प्रेरित गर्नु पर्ने बताए । उनले अधिकारका नाममा गैरकानुनी ढङ्गले जोखिमपूर्ण स्थानमा बालबालिकालाई अगाडि सारिरहने भएको हुँदा त्यसतर्फ पनि ध्यान दिन जरुरी भएको बताए ।

कार्यक्रममा झापामा रहेर २० बर्षदेखि मानवअधिकारको क्षेत्रमा काम गरिरहेका लालराज सुवेदीलाई सम्मान गरिएको थियो ।
रक्षक परिषदका अध्यक्ष सोमराज थापाको अध्यक्षतामा सम्पन्न परिषदको उद्घाटन समारोहमा नेपाली कांग्रेसका युवा नेता भगिरथ पोद्धार, परिषदका सल्लाहकार मोहनसिंह थेवे, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, मानवअधिकारका लागि एकल महिला, एकलमहिला समूह झापाकी अध्यक्ष रेखा अधिकारी, जेष्ठ नागरिक हित संरक्षण मञ्चका झापा अध्यक्ष भवानी दाहाल, मानवअधिकार रक्षकद्वय सूर्य उप्रेती, लालराज सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मानवअधिकार रक्षक विष्णु खरेलले सञ्चालन गरेको कार्यक्रमको मानवअधिकार रक्षक डम्बरबहादुर बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए । परिषद मंगलबारसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantra[email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: