‘कामै नहुने अवस्था सिर्जना नगर्न आग्रह’

  प्रकाशित मिति
२५ चैत्र २०७६, मंगलवार ११:४६

मेचीनगर । प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा आज सम्बोधन गर्नुभएको छ । उनले सरकारको वाहियात आलोचना गरेर कामै नहुने अवस्था सिर्जना नगरिदिन आग्रह गरेका छन् ।

ओलीले कोरोना भाइरसलाई मानव जातिका लागि इतिहासकै सबैभन्दा ठूलो चुनौति भन्दै त्यसविरुद्धको लडाई साझा भएको उल्लेख गरे ।

उनले विधिसम्मत ढंगले संकटका बेला समेत सरकारले काम गर्ने बताए ।

उनले यस्तो बेला विपक्षी लगायत सबै राजनीतिक दलले मिलेर काम गर्नुपर्ने धारणा राखे । सुरक्षाकर्मी, जनप्रतिनिधि,स्वास्थ्यकर्मी, मिडिया, स्वयम्सेवकहरुको सराहना गर्दै उनले कोरोनाविरुद्ध लड्न उनीहरुको योगदान अतुलनीय रहेको बताए ।

सबैले एकजुट भएर कोरोनाविरुद्ध लड्न आह्वान गर्दै उनले भ्रष्ट्राचार हुन नदिने र त्यस्तो भएमा निमर्म कार्वाही गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।

सरकारविरुद्ध कुप्रचार नगर्न र महामारी रोकथामका लागि काम गर्नैै नदिने अवस्था सिर्जना नगर्न उनले आग्रह गरेका छन् ।

सरकारले गरेका काम कार्वाहीको फेहरिस्त प्रस्तुत गर्दै उनले चीनबाट सामान आयातमा भएको भ्रष्ट्राचारका बारेमा सामाजिक सञ्जाल र मिडियामा उठाइएका सवालहरुलाई संकटका बेला सरकारलाई अप्ठ्यारो पार्ने प्रयास भएको बताए ।

सम्बोधनमा मन्त्रीहरुको तलब घटाउने, विशेष राहत कार्यक्रमलगायतका कुरा आउने आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: