कारले ठक्कर दिँदा चौधरीको मृत्यु

  प्रकाशित मिति
९ पुष २०७७, बिहीबार १५:३५


झापा, ९ पुस । पुर्व पश्चिम राजमार्ग स्थित बिर्तामोडमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका–५ पुर्व पश्चिम राजमार्गमा बा २१ च ५९३६ नम्बरको कारले पैदल यात्रीलाई बुधबार ठक्कर दिँदा स्थानीय २८ बर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको हो ।

राती ९ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त नम्बरको कारले ठक्कर दिँदा घाइते भएका चौधरीको बीएण्डसी अस्पतालमा उपचारको क्रममा साडे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने कार र चालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: