कारागारको फोहोर

  प्रकाशित मिति
२४ पुष २०७२, शुक्रबार ०२:२२


झापा कारागारको शौचालयबाट निस्कने दिसापिसावजन्य फोहोरको व्यवस्थापन हुन नसक्दा वरपरका वासिन्दा दुर्गन्ध खेप्न बाध्य छन् । जिल्ला कारागार छेउका परिवारले दुर्गन्धको समस्याबाट मुक्ति पाउन प्रशासन गुहारेको धेरै भइसक्यो, तर ठोस समाधान अहिलेसम्म खोजिएको छैन । कारागार वरपरका बासिन्दाले वातावरण नै दुर्गन्धित भएकाले भात समेत खान घिनाउनु पर्ने र आफ्नो घरबारी नै अनुपयोगी भएको गुनासो गरेका छन् । यसरी स्थानीयको जीवनयापन र स्वास्थ्यमा नै प्रत्यक्ष नकारात्मक असर पार्ने कार्य तत्काल रोक्न जरुरी देखिन्छ ।

कारागारमा अहिले क्षमताभन्दा तेव्वरसम्म कैदीवन्दी बस्छन् । झापा कारागार करीब ५० बर्ष अघि निर्माण गरिएको जीर्ण भवनमा सञ्चालित छ । त्यहाँको भित्ता चर्किएका र छत चुहिने भएका खबर सञ्चारमाध्यमहरुले वारम्वार प्रकाशमा ल्याए पनि सरकारले यसतर्फ ध्यान दिएको छैन । यसबाट कुन दिन कस्तो दुर्घटना निम्तने हो टुङ्गो छैन । कारागारभित्रका कैदीवन्दीको असुरक्षा हुँदा र स्वास्थ्य धरापमा पर्ने अवस्था आउन लाग्दा राज्यले मौनता दर्शाउन मिल्दैन । कारागारको वेथितिले पराकाष्ठा नाघेपछि वरपरका बासिन्दा आन्दोलित समेत भएका छन् । उनहिरूले प्रजिअलाई समेत केही दिन अघि ज्ञापनपत्र दिएर गुहारेका छन् । कारागार प्रशासनले बेलैमा स्थानीयको गुनासोको सुनुवाई गरोस् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: