कार्की कार्यकारी र पौडेल अनलाइन सम्पादक

  प्रकाशित मिति
५ पुष २०७६, शनिबार १९:३५


मेचीनगर । लोकतन्त्र पोस्ट दैनिकको कार्यकारी सम्पादकमा पत्रकार अर्जुन कार्की नियुक्त भएका छन् ।

एक दशक अघिदेखि झापाली पत्रकारिताको मूलधारमा क्रियाशील पत्रकार कार्की मेचीनगर–६ काँकरभिट्टा निवासी हुन् ।


यस अघि जनसंसद् दैनिकमा कार्यकारी सम्पादक रहिसकेका उनले जनआन्दोलन साप्ताहिकबाट पत्रकारिता आरम्भ गरेका थिए । सौर्य दैनिक र मेची ट्युन्समा रिपोर्टर रहेर पत्रकारिताको गहिरो अभ्यास गरेका कार्की हाल खोजमूलक समाचारमा विशेष दख्खल राख्छन् ।
यसैगरी, लोकतन्त्र पोस्टको अनलाइन सम्पादकमा पत्रकार प्रकाश पौडेल नियुक्त भएका छन् ।

खबरमञ्च साप्ताहिकका सम्पादक पौडेल मेचीनगर–७ निवासी हुन् । एक दशकदेखि पत्रकारितामा निरन्तर सक्रिय पत्रकार पौडेल खबरपाटी र इमेची जस्ता लोकप्रिय अनलाइनको यस अघि सम्पादक रहिसकेका छन् । उनले स्वाधीन सम्बाद र रेडियो नेपालमा समेत आवद्ध रहेर रिपोर्टिङको अनुभव हासिल गरेका छन् ।

यस अघि पौडेल लोकतन्त्र पोस्ट दैनिकको सहसम्पादक रहेका थिए ।

वि.सं. २०७१ पुस १६ गते काँकरभिट्टाबाट प्रकाशन आरम्भ भएको लोकतन्त्र पोस्ट दैनिकको सम्पादकीय नेतृत्व अब पूर्णरुपमा नयाँ पुस्ताका पत्रकारको टिमले गर्ने भएको छ ।

हाल पत्रिकाको प्रधान सम्पादकमा झुलन रेग्मी रहेका छन् ।

नवनियुक्त कार्यकारी सम्पादक अर्जुन कार्की र अनलाइन सम्पादक प्रकाश पौडेललाई शनिवार साँझ पत्रिकाको प्रधान कार्यालय धुलावारीमा आयोजित संक्षिप्त कार्यक्रममा कार्य सफलताको कामनासहित बधाइ ज्ञापन गरियो ।

सो अवसरमा कार्यकारी सम्पादक कार्की र अनलाइन सम्पादक पौडेलले पत्रिकालाई नयाँ योजनाका साथ अघि बढाउँदै पत्रकारिता जगतमा नयाँ आयाम थप्न सफल आफ्नो सम्पूर्ण ध्यान केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: