‘कार्ल माक्र्सको ‘पूँजी’ पढ्दैछु’

  प्रकाशित मिति
२३ माघ २०७२, शनिबार ११:२३


lola bhandari

शिक्षक, सहकारी अभियन्ता र जेसीजकर्मी लीलाप्रसाद भण्डारी । विर्तामोडको देवी उच्च माविका सहायक प्रधानाध्यापक उनी धुलावारी जेसीजका वत्र्तमान अध्यक्ष र जिल्ला बचत तथा ऋण सहकारी सङ्घ झापाका सचिवको जिम्मेवारीमा छन् । पुस्तक पढ्न रमाउने भण्डारीसँग यस साताको पुस्तक वार्ता प्रस्तुत छ –

कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
कार्ल माक्र्सको ‘पूँजी’ । समाजवादको अवधारणा बुझ्न ।

कस्ता पुस्तक बढी मन पर्छन् ?
राजनीति, शिक्षा, सहकारी र समाजसँग सम्बन्धित । वर्तमान समाजलाई बुझ्न ।

मन परेको नेपाली लेखक ?
सुधीर शर्मा । नेपालको राजनीतिक वस्तुस्थितिको यथार्थ चित्रण गर्ने भएकाले ।

साथीलाई कुन पुस्तक सिफारिस गर्नु हुन्छ ?
राधा पौडेलको ‘खलङ्गाको हमला’ । त्यसमा तत्कालीन समाजको यथार्थ अवस्था चित्रण गरिएको छ ।

पुस्तक खरिदमा मासिक कति खर्च हुन्छ ?
महिनामा एउटा किन्छु, त्यसको मूल्य हेरेर ।

पुस्तकसँग जोडिएको अविस्मरणीय घटना ?
‘खलङ्गाको हमला’ पुस्तक पढ्दा लेखकले नजिकबाट देखेको मृत्युलाई सम्झँदा ।

पुस्तक पढ्ने उपयुक्त समय ?
खानपिन र टीभी हेरिसकेपछिको बेलुकाको समय ।

पढिसकेपछि पुस्तक कसरी जतन गर्नु हुन्छ ?
प्रायः साथीभाइले पढ्न लान्छन् ।

पढ्न मन लागिरहेको पुस्तक ?
करोडौँ कस्तुरी । विद्यार्थीहरूको मनोविज्ञानसँग सम्बन्धित छ ।

कुनै पुस्तक लेख्दै हुनुहुन्छ कि ?
छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: