कालापानी नजिकै छाङरु पुग्यो नेपाली फौज

  प्रकाशित मिति
१ जेष्ठ २०७७, बिहीबार ०९:२२


मेचीनगर, १ जेठ । सशस्त्र प्रहरी वल (एपीएफ)को १२ जनाको टोली भारतले सीमा मिचेर सडक बनाएको क्षेत्र नजिक दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा पुगेको छ । बुधवार नेपाली सेनाको हेलिकोप्टरबाट पुगेको एपीएफको फौजले त्यहाँ भाडाको घरमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।

बीओपी स्थापना भएको ठाउँ भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिक र भारतले सेना राखेको कालापानीभन्दा १२ किलोमिटर वर रहेको बताइएको छ।सुरक्षाकर्मीको संख्या २५ पुर्याइने बताइएको छ ।

बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको जनाइएको छ ।

नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत थापासहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायतको टोली दार्चुला पुगेको थियो ।

बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गर्दैछन् । छाङरुमा भाडाको घरमा बीओपी स्थापना गरिएको हो । चाँडै सशस्त्र प्रहरीले अस्पतालसहितको भौतिक संरचना बनाउन थाल्ने पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: