कालिकापीठमा मंसिर १८ गतेदेखि महायज्ञ

  प्रकाशित मिति
३० कार्तिक २०७९, बुधबार १५:५२


कालीस्थान, ३० कात्तिक । पूर्वको सिद्ध शक्तिपीठ कालिकापीठ कालीस्थानको १८औं बार्षिक अनुष्ठानको अवसर पारेर आयोजना गर्न लागिएको एकादशदिवसीय श्रीमद्स्कन्ध महापुराण एवम् महारुद्रीसहित विराट महायज्ञको तयारी तीब्र पारिएको छ ।

धान्य पूर्णिमाको अवसर पारेर आगामी मंसिर १८ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारी तीब्र पारिएको हो ।

झापाको बिर्तामोडदेखि लगभग ७ किलोमिटर उत्तरपूर्व अर्जुनधारा नगरपालिका–९ कालीस्थान चोकको उत्तर–पश्चिम कोणमा सुन्दर धार्मिक तथा पर्यटकीय स्थल कालिकापीठ कालीस्थान रहेको छ ।

संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष पुरा गर्न अक्षयकोष बृद्धि, विश्वशान्तिको कामना, राजनैतिक स्थायित्व र महामारी प्रशमनार्थका लागि विराट महायज्ञको आयोजना गरिएको पीठका अध्यक्ष ज्योतिषाचार्य पण्डित लक्ष्मीप्रसाद पोखरेलले बताए ।

उक्त विराट महायज्ञलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न कालिकापीठ ब्यवस्थापन समितिको बैठकले विभिन्न उपसमितिहरु गठन गरेको छ ।

विराट महायज्ञको तयारीका लागि आर्थिक ब्यवस्थापन उपसमिति संयोजकमा कोषाध्यक्ष खडानन्द खतिवडा, प्रचार–प्रसार समिति संयोजकमा उपाध्यक्ष डिल्लीराम दाहाल, मञ्च तथा मण्डप ब्यवस्थापन समिति संयोजकमा सहसचिव रामप्रसाद मिश्र, पूजा समिति संयोजकमा राजेन्द्र अधिकारी, आपूर्ति ब्यवस्थापन समिति संयोजकमा टंकनाथ पोखरेल, भोजनालय ब्यवस्थापन समिति संयोजकमा प्रेमप्रसाद पोखरेल, पण्डाल–गेट–विजुली–साउण्ड सिष्टम ब्यवस्थापन संयोजकमा उपाध्यक्ष कर्णबहादुर तामाङ, अतिथि सत्कार एवम् स्वागत समिति संयोजकमा पं.लक्ष्मीप्रसाद पोखरेल, स्वयंसेवक समिति संयोजकमा मनोजसिंह गोम्देनलाई चयन गरिएको र आवश्यकता अनुसार समिति विस्तार गरिने पीठका सचिव भोलानाथ पोखरेलले जानकारी दिए ।

उनका अनुसार महापुराणका ब्याख्याता प्राचीन र अर्वाचीन दर्शन शास्त्रका ब्याख्याता, प्रकाण्ड विद्वान गुरु चैतन्यकृष्णबाट संगीतमय कथा प्रवचन रहने छ भने वैदिक एवम् पौराणिक ग्रन्थहरुका मर्मज्ञ विद्वान आचार्य रघुनाथ रिजालको आचार्यत्वमा विद्वत आचार्यहरुद्वारा महारुद्री महायज्ञ सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: